पढाई छाडिस अब के गरेर खान्छस भनेहरुको लागि एक जवाफ बनेका छन् सुनिल नेपाली |

सुनिलले आफ्नो व्यक्तिगत कारणले दुई वर्ष अघि पढाई छाडे | १७ बर्षका सुनिल “हिमाली बाल कल्याण संरक्षण मंच” को संरक्षणमा बस्दै आएका छन्| हिमाली बाल कल्याण संरक्षण मंचको सहयोगमा उनले ३९० घण्टाको (इलेक्ट्रिक आर्ट व्यल्डीङ) को व्यल्डर तालिम लिए | यो तालिम पश्चात राष्ट्रिय सिप परिक्षण समिति (NSTB)  बाट तह एक पास गरे|

यो तालिम पश्चात फलामको  ग्रिल, गेट, कब्जा, बेन्च,टेबल .ट्यांकी स्ट्याण्ड, रेलिंग, चेन गेट बनाउन जान्ने सुनिल बताउछन्| अहिले उनले काम गर्दै छन् र महिनामा १२००० (बाह्र हजार) कमाउछन्| यसैमा केहि बर्ष काम गर्ने र पछि आफ्नै व्यावसाय गर्ने उनको योजना रहेको बताए | उनमा देखिएको आत्म विश्वास उत्साह र जागर कारण सोध्दा जीवनमा धेरै बाटोहरु छन् एक बाटो बन्द हुदैमा जीवन सकियो भन्ने ठा न्नु गलत हो उनि बताउछन्| 

एस.ई.ई मा भने जस्तो नतिजा नआउदा या विभिद कारणले पढाई छाड्न बाध्य भएका यूवाहरुको लागि एक उदहारण बनेका छन् | सि.टि.इ.भि.टि ले धेरै विधाहरुमा ३९ घण्टा देखि १५०० घण्टा सम्मको तालिम उपलब्ध गराउदै आएको छ | जुन सिप सिकी सजिलै श्रम बजारमा छिर्न सकिन्छ|

हुनत तालिम बिभिन्न संस्थाहरुले श:शुल्क तथा नि:शुल्क प्रदान गर्दै आएका छन्, तालिम लिनुभन्दा आगाडी केहि पूर्व तयारी जरुरी हुन्छ| के को तालिम, कहाँ जानुपर्छ, कति खर्च लाग्छ जस्ता जानकारी लिनु जरुरी छ | यसका साथै म कस्तो मान्छे हुँ, मेरा लागी कस्तो काम र शिक्षा उपयुक्त हुन्छ, भनि जान्न  http://assessment.careerdishanepal.org मा गएर आफ्नु ’boutमा जान्न सकिन्छ | जसले तपाइको लागि के गर्ने कसरि गर्ने र आफ्नो व्यक्तित्वको बिस्तृत विवरण प्रधान गर्दछ | र साथै नेपालमा उपलब्ध सम्पूर्ण पेशा र शैक्षिक योग्यता सम्बन्धि जानकारी  https://jobedudb.careerdishanepal.org बाट पाउन सकिन्छ |

Comments are closed.