इतिहास

सन् २०११ मा समुदायिक रुपमा स्थानीय स्थरका युवाहरुसंग समुदायिक अध्ययन केन्द्र भि.एच.एस भक्तपुर”बाट सुरु गरिएको, परियोजना “करियर दिशा नेपाल” हो | धेरै विद्यार्थीहरु संगको अनौपचारिक छलफल पछी “भिएचएस भक्तपुर” ले करियर (वृत) योजना विषयमा काम गर्न निर्णय गर्यो |

प्राय विद्यालय स्तरको पढाई सकेर उच्च शिक्षाको विषय रोज्ने बेलामा विद्यार्थीहरुले अक्सर कुन विषय पढ्ने भनि रुमलिएका हुन्छन् | श्रम बजारको पेशाहरु मध्ये केहि प्रचलनमा रहेका पेशा क्षेत्रहरु जस्तै व्यवस्थापन, मेडिकल, सामाजिक शिक्षा तिर बढी आकर्षित हुने गरेको पाइन्छ जसले गर्दा श्रम बजारका अरु पेशागत क्षेत्रमा श्रमिकको अभाव सिर्जना हुन्छ |

नेपालमा उपलब्ध श्रम बजारसंग विद्यार्थीहरु कत्तिको परिचित छन् भन्ने उद्धेश्यले स्विस् मनोवैज्ञानिक बेटिना र नेपाली टोलीको सहयोगमा सन् २०१३ मा भक्तपुरस्थित गाउँ तथा शहरका सार्वजनिक र निजी विद्यालयमा अध्ययनरत ८०० विद्यार्थी संख्यामा अनुसन्धान गरिएको थियो | अनुसन्धानको परिणाम स्वरूप कुल ८०० जना विद्यार्थीहरु मध्य ५० % विद्यार्थीहरुले यी ५ वटा पेशाहरु डाक्टर (१२.३%), नर्स(१२.३%), इन्जीनियर (१०.४%),व्यवासाय (७.७%) र आर्मी (६.९%) क्रमश रोजेको पाइयो | विद्यार्थीहरुले चाहेको पेशा गर्नलाई कुन शिक्षा क्षेत्र अबलम्बन गर्नुपर्छ भन्ने कुरामा भने न्यून अथवा केही पनि जानकारी नभएको पाइयो |

त्यसैगरी, भक्तपुर जिल्लाका गाउँ तथा शहरका अभिभावक र विद्यार्थीहरुले चाहेको सि.डी.एन सेवाहरुको माग र बजारको लागि उपयुक्त मूल्य पत्ता लगाउने उद्देश्यले बजार सर्वेक्षण गरेका थियो |

बजार सर्वेक्षणबाट ८० प्रतिशत भन्दा बढी अभिभावकहरुले सिडीएनले प्रधान गर्ने सेवाहरु रुचाएका थिए | हाम्रो सेवाहरुमध्य करियर (वृति) परामर्श मनपराउनेको संख्या ८५.७१ प्रतिशत थियो र त्यसपछि क्रमश व्यक्तिगत परामर्श र अनलाइन मूल्यांकन रहेको थियो |

अर्कोतर्फ विद्यार्थीहरुको सर्वेक्षणमा सबै भन्दा बढी रुचाएको सेवा क्रमबद्ध रुपमा करियर (वृति) परामर्श, अनलाइन मूल्यांकन र व्यक्तिगत परामर्श क्रमश ८९ प्रतिशत, ८२ प्रतिशत र ७८ प्रतिशत थियो |

त्यस्तै हामीले काठमाडौं उपत्यका भित्रका करियर (वृति) परामर्श सेवा दिने संगठन हरुको ’boutमा पनि अनुसन्धान गरेका थियो | प्राय गरेर त्यस्ता परामर्श केन्द्रहरुले व्यक्तिगत परामर्श र एकीकृत कार्यशालाहरु, अन्तराष्ट्रिय निकाय बाट आर्थिक अनुदान गरेका अनाथालय र आर्थिक रुपमा सम्पन्न युवाहरुमा मात्र सिमित रहेको अनुसन्धानले पत्ता लगायो | ग्रामिण भेगका जनसंख्या र गरिव परिवारलाई समेटन नसकेको र टि.इ.भि.टि क्षेत्रबाट उपलब्ध हुने पेशागत बाटोलाई ध्यान नदिएको पाइयो |

माथिका सबै कुरालाई मध्यनजर गरेर, धेरै विद्यार्थीहरु र भौगोलिक तथा आर्थिक कारणले सिडीएन सेवाहरु लिन नसकेका अभिभावकलाई समेट्ने हेतुले हामीले यो दिशामा जाने प्रयत्न गरेका हौ |

युरोपेली देशहरुको सन्दर्भमा करियर (वृति) परामर्श, कम्प्युटर (अनलाईन) मुल्यांकन प्रणालीको प्रयोगबाट गर्दा सबैले मनपराएको र विगतको दिनमा सफलता हासिल गरेको पाइयो | मनोवैज्ञानिक परिक्षणको लागि वैज्ञानिक प्रविधि र जटिल तर्कको प्रयोग गरेर स्व विश्लेषण गर्न सम्भव भएको कारण हामीले उचित मुल्यमा सम्पूर्ण क्षमताको मुल्यांकन गर्ने परिक्षण उपलब्ध गरेका हौ जसबाट कम्प्युटर अनलाईन र अफलाईन करियर (वृति) परामर्श सेवाहरुको पनि जन्म भयो |

सन् २०१६ को सुरुवात संगै नेपालमा उपलब्ध शिक्षा र श्रम बजारको तथ्यांक संकलन गरेका छौ | हाम्रो परियोजनालाई वैज्ञानिक तवरबाट सफल बनाउनको लागि सोसियल साइन्स वाहा संग हातेमालो गरेर नेपालमा उपलब्ध ३५० भन्दा बढी पेशाहरुको विवरण पहिचान गरेर ’emको तथ्यांक संकलन र विश्लेशण गरेका छौ |