परिचय

नेपालमा सफल, उत्साहित र उत्प्रेरित जनशक्तिको निर्माण गर्नको लागि सर्वप्रथम समग्र रुपमा करियर (वृति) परामर्श दिएर सहयोग गर्ने एक मात्र सामाजिक संस्था करियर दिशा नेपाल (सिडीएन) हो | व्यावसायिक तालिम, आवश्यक शैक्षिक स्तर र पेशा विचको सम्बन्ध देखाएर नेपालमा योग्य, दक्ष, जनशक्ति उत्पादन गर्न सहयोग गर्दछ | हाम्रो समाजमा मानिदै आएका केहि लोकप्रिय पेशाहरु जस्तै डाक्टर, इन्जीनियर, पाइलट, नर्स इत्यादि पेशा मात्र छनोट गर्ने हाम्रो पुरानो प्रचलन लाई तोडेर “सि.डी.एन”ले नेपालका युवाहरुलाई इच्छामा आधारित पेशाहरुको छनोटमा सयोग पुर्याउछ |

दूरदर्शिता

“‘नेपाली युवाको पेशागत भविष्यका लागि पथ प्रर्दशक”

लक्ष्य

सन् २०१९ को अन्त्य सम्ममा करिएर (वृति) परामर्श र मार्ग निर्देशनको महत्व ७५ जिज्लामा जानकारी पुर्याउने लक्ष्य राखेका छौ | नेपाल अधिराज्य भरि कक्षा १० का विद्यार्थीहरु मध्ये २० प्रतिशत भन्दा बढी विद्यार्थीहरु माझ सि.डी.एन सेवाहरु पुर्याउने लक्ष्य राखेका छौ |

  • विद्यार्थीको व्यक्तित्व सुहाउदो शैक्षिक तथा पेशागत निर्णय गर्न सघाउने |
  • श्रम बजार र शैक्षिक सम्भाव्यतालाई अझ धेरै पारदर्शीता बनाउने |
  • विशेषगरि टि.ई.भि.टि क्षेत्रभित्र पर्ने (व्यावसायिक शिक्षा तथा तालिमहरु) अज्ञात र व्यवास्ता गरिएका पेशाहरुतर्फ प्रोत्साहन गराउने |
  • करिएर (वृति) परामर्शलाई औपचारिक तथा अनौपचारिक शिक्षाको महत्वपूर्ण कडीको रुपमा विकास गर्ने |

उद्देश्यहरु

माथिका लक्ष्यहरु हासिल गर्नको लागी सिडीएनले निम्नलिखित उद्देश्यहरु राखेको छ:

  • विद्यार्थीहरुको इच्छामा आधारित रहेर वैज्ञानिक तवरबाट करिएर (वृति) परामर्श परिक्षणको विकास गर्ने
  • नेपाल अधिराज्य भरि उपलब्ध पेशाहरु र शैक्षिक बाटोहरुको सम्पूर्ण जानकारीहरु पारदर्शित रुपमा संकलन र परिस्कृत गर्ने
  • इन्टरनेटको सुबिधा भएको ठाउँमा करिएर (वृति) परामर्श गर्ने परिक्षण सजिलो संग उपलब्ध होस् भनि अनलाईन सेवाको विकास गर्ने
  • इन्टरनेटको सुबिधा नभएको ठाउँमा अफलाईन परिक्षण गरेर तुरुन्त पृष्ठभूमि सहित परिणाम उपलब्ध गराउने
  • ग्रामिण भेगहरुमा यो परिक्षण प्रचार प्रसार गर्नको लागि आवश्यक कर्मचारीहरुको व्यवस्था गर्ने
  • विद्यालयमा, सामुहिक स्थल र व्यक्तिगतरुपमा मनिवैज्ञानिक परिक्षण र कार्यशालाहरु गर्ने
  • भक्तपुरमा र उपत्यका बाहिरक ५०० जना विद्यार्थीहरुको  प्रारम्भिक परिक्षण गर्ने
  • शहरी र ग्रामिण दुवै क्षेत्रहरुमा हाम्रो सेवा र सुविधाहरु उपलब्ध गराउने |