सिडीएन सेवाहरुको महत्व

विद्यार्थीहरु र अभिभावकहरुलाई अनौपचारिक शिक्षा क्षेत्रमा उपलब्ध शैक्षिक बाटो रोज्न निर्णयमा प्रयाप्त जानकारी प्रदान गर्नु नै हाम्रो सेवा हो | व्यक्तित्वसंग मेल खाने पेशा रोज्नुनै सफल र उत्प्रेरक व्यावसायिक जीवन बनाउने महत्वपुर्ण पक्ष हो | व्यक्तित्व संग मेल खाने पेशा अपनाउदा तुरुन्त प्रभाव नपरेपनि भविष्यमा यसले नेपाली श्रम बजार र शिक्षा क्षेत्रमा यसको महत्वलाई प्राथमिकता साथ अघि बढाउछ | जसले गर्दा हरेक महिनामा पढ्न र जागिरको लागि बाहिरिने युवाहरुको संख्यामा पनि सकारात्मक प्रभाव पार्दछ |

त्यस्तै गरेर, अभिभावकले छोराछोरिहरुलाई के पढाउने भनेर निर्णय गर्नु अघि आवश्यक जानकारी प्रदान गर्ने सेवा हो | प्राय ग्रामीणक्षेत्रका अभिभावकले छोराछोरिलाई उचित शिक्षाकोलागी आम्दानीको धेरै हिस्सा बचत र प्रयोग गरेका हुन्छन् | तर शिक्षा र पेशाको निर्णय गर्दा क्षमता र श्रम बजार को वास्ता नगरी केही प्रचलित   पेशाहरु अन्तर्गतको शिक्षा रोज्दछ्न र उक्त अर्ध-ज्ञानले गर्दा ४-५ वर्ष पढेपछी पनि आफ्नो क्षमता अनुसारको सुहाउने जागिर पाउदैनन् |

हाम्रो सेवाहरु सफलता पुर्वक कार्यान्वयन भएपछी राज्यको नीतिनिर्माण क्षेत्रमा समेत प्रयोग गर्न सकिन्छ भन्ने कुरामा हामी विश्स्थ छौ | युवाहरुको व्यक्तित्वको ’boutमा मात्र नभएर श्रम बजारका मागको ’boutमा पनि जानकारी दिने हुनाले यो प्रभावकारी र जानकारी मुलक सेवाको रुपमा विस्तार हुनेछ | श्रम बजारमा अति आवश्यक परेका पेशाहरुको जानकारी दिने भएकोले सो अनुसार शिक्षा र करियर (वृति) विकासतिर लम्किन सहयोग पुर्यौदछ |

यद्यपि करियर (वृति) दिशा नेपालको प्रत्यक्ष लक्ष्य नभए पनि करियर (वृति) परामर्शकर्तालाई सबल र सक्षम बनाउनमा आवश्यक जानकारी दिलाएर सहयोग पुर्याउन मद्धत गर्नेछौ | यसले गर्दा श्रम बजारमा गुणस्तरीय करियर (वृति) परामर्शकर्ताहरुको माग बढ्दछ र यो क्षेत्रमा  रोजगार र स्व-रोजगारको सिर्जन हुनेछ |