शिक्षाविद्हरूको लागि सी.डी.एन

Educatorsशिक्षक, प्रशिक्षक, शैक्षिक संस्थानहरु जस्ता शिक्षाविद्हरूले भविष्यको जिम्मेवार, सबल र सक्षम पुस्ताहरुको निर्माण गर्न उनीहरुको सफल पेशागत र शैक्षिक भविष्यको बनाउन लागि पर्नुभएको छ | उनीहरुलाई विभिन्न क्षेत्रगत विषयवस्तुको ज्ञान दिनुको साथै सम्बन्धित क्षेत्रमा आउन सक्ने समस्याहरुलाई समाधान गर्न सक्षम बनाउनु हुन्छ |

हामीले करियर (वृति) परामर्श क्षेत्र सम्बन्धित रहेर व्यक्तित्व मुल्यांकन प्रशिक्षण गर्नुको साथै नेपालमा उपलब्ध पेशा र शिक्षा क्षेत्रहरुको विस्तृत विवरण प्रदान गर्दछौ | करियर दिशा नेपाल पनि समग्र, सफल पेशागत र शैक्षिक भविष्य प्राप्त गर्न सघाउने लक्ष्य लिएर कार्यरत छौ | हाम्रो एउटै लक्ष्य रहेको हुनाले सगसँगै काम गर्न सक्दछौ |

वर्तमान शैक्षिक प्रणाली

सामान्यतया ६० देखि ७० प्रतिशत विद्यार्थीहरुको रोजाई शैक्षिक बाटो पर्दछ | प्राय विद्यार्थीहरुले एस.एल.सी, +२ स्तरको शिक्षा सक्दा सम्म व्यक्तिगत पेशागत भविष्य छनोट गर्न असमर्थ रहेको पाइन्छ | त्यतिमात्र नभएर धेरै विद्यार्थीहरु स्नातक तह सम्म पनि अब के गर्ने भनि अन्योलमा रहेको पाइन्छ | हाम्रो शिक्षा प्रणालीले व्यक्तिगत पहल, अनुसन्धान र रचनात्मकता प्रदान गरेको पाइदैन | विद्यार्थीहरुले परिक्षामा ल्याएको अंकको आधारमा उनीहरुको क्षमताको मूल्यांकन गरेको पाइन्छ | त्यसैले युवाहरुको आवश्यकता, नेपालको भौगोलिक, आर्थिक र भौतिक परिपेक्ष्यलाई मध्यनजर गरेर अनुसन्धानलाई प्राथमिकता दिएका छौ |

उचित व्यवसाय छनोट गर्नुको महत्व

ई.स. २०१५ मा मात्र ८,२०४ जनाले इन्जीनियरिंगमा स्नातक तह उतिर्ण गरेका थिए |  यी मध्ये २० प्रतिशतले मात्र सरकारी संगठन तथा निजि संस्थामा आफुलाई नियुक्ति गर्न सके | यसको अर्थ ६००० भन्दा बढी इन्जीनियरहरुको हातमा स्नातकतहको प्रमाणपत्र बाहेक सो क्षेत्रमा व्यावसायिक पेशागत जीवन हासिल गर्न सकेनन् | कुनैपनि शैक्षिक भविष्य छनोट गर्नु भनेको सम्बन्धित क्षेत्रमा व्यवसायीक पेशागत जीवन हासिल गर्नु हो | आफ्नो व्यक्तित्व सुहाउदो पेशा छनोट नगर्दा उक्त पेशामा रचनात्मक योगदान पुर्याउन असफल हुनुको साथै व्यक्तिगतरुपमा पनि असन्तुष्ट हुन्छन् |

परिवर्तित श्रम बजार

थोरै मानिसहरुलाई मात्र नेपालको श्रम बजार र यसको क्षेत्रहरुको ’boutमा विस्तृतरुपमा जानकारी रहेको पाइन्छ | हामीले नेपालको श्रम बजारलाई विद्यार्थीहरु माझ पारदर्शीता गराउनको लागि कार्यरत छौ | यसको मतलब श्रम बजारमा पेशाहरुको माग, आपूर्तिको स्थर, आवश्यक शैक्षिक योग्यता वा व्यवसायिक तालिम, सम्बन्धित शब्दावली र रोजगारदाता जस्ता सम्पूर्ण जानकारीहरु प्रदान गर्नु हो |

वर्तमान युग भनेको विकल्पको युग हो | आफ्नो बासस्थान नछोडी, सामाजिक संचारको माध्यमबाट व्यक्तिगत व्यावसायिक क्षमताको प्रस्फुटन गर्न सक्छौ, साथै व्यवसायिक पेशालाई अन्य पेशा क्षेत्रहरुसंग मिलाउन सक्छौ, विविध अनलाईन पेशाहरु छनोट गर्न सक्छौ | विविध अनलाईन व्यवसायहरु, उद्देमीहरुले अनलाईन व्यवसायहरु संचालन गरेका छन् |  विभिन्न समाज कल्याण संस्थाहरुले श्रम बजारमा नयाँ अवसरहरुको शृजना गरिरहेका छन् |

त्यसैले, नयाँ पुस्ताहरुको सफल पेशागत भविष्यको लागि तपाईहरुलाई हाम्रो सेवाहरुको ’boutमा सम्पूर्ण जानकारी दिलाउन आवश्यक ठान्दछौ |

Competence WorkshopsLabour Market WorkshopInterest Based Assessment