युवाहरुको लागि सी.डी.एन

के तपाई विद्यालय स्तरको वा उच्च शिक्षा सकी भविष्यको शैक्षिक वा पेशागत जीवनमा के गर्ने भनि अन्योलमा हुनुहुन्छ ? त्यसोभए तपाई ठिक ठाउँमा हुनुहुन्छ | करियर (वृति) दिशा नेपालले तपाईको सफल शैक्षिक र पेशागत भविष्य रोज्न सहयोग गर्नेछ |

केहि युवाहरुमा  शिक्षा सम्बन्धि गलत धारणाहरु रहेको पाइन्छ | शिक्षाका गलत धारणाहरु मध्य एउटा, एस.एल.सि उतिर्ण प्रमाणपत्र बिना नेपालमा केहि भविष्य छैन भन्ने सोच हो | यहाँ आफ्नो इच्छा र क्षमतालाई पछ्याई एसएलसि अनुतिर्ण भएर पनि सफल पेशागत जीवन यापन गरेका व्यक्तित्वहरु थुप्रै भेट्टाउन सकिन्छ | त्यस्तै गरेर उच्च शिक्षा पढ्ने बेलामा लिङ्गका आधारमा शिक्षा रोज्ने परम्परागत धारणा अजै पनि प्रचलनमा छ |  सूचना तथा प्रविधि क्षेत्रमा पुरुषको प्रभुत्व बढी र महिलाको कम अथवा नरहेको पाइन्छ | तर सूचना तथा प्रविधि क्षेत्र पुरुषको लागी मात्र सिमित नभएर महिलाहरुको पनि धेरै सम्भावना र चासोको विषय हुन सक्छ | शिक्षा रोज्दा लैंगिक हिसाबले नभईकन व्यक्तिगत इच्छाको आधारमा हुनुपर्दछ भन्ने हाम्रो मान्यता छ |

यस्तै गरेर हामीलाई धेरैजसो सोधिने गरेको प्रश्न इन्टर्नशिप गर्ने कि नगर्ने?… हामीले तपाईहरुलाई इन्टर्नशिप गर्नुपर्दछ भनि सल्लाह दिन्छौ, जसको माध्यमबाट, तपाईले व्यक्तिगत विकास गर्न, सम्बन्धित क्षेत्रको अनुभव बटुल्न सक्नुहुन्छ | इन्टर्नशिप मार्फत आफुले रोजेको पेशागत करियरलाई नजिक बाट बुझ्ने मौका पाउनुहुन्छ |  त्यस्तै गरेर वैदेशिक शिक्षा सम्बन्धि प्रश्नहरुपनि बढीरहेको छ | संसार साँघुरिदै गएको छ, हामी एक विश्वव्यापी गाउँमा बसोबास गर्दछौं, जहाँ एक देशबाट अर्को देशमा फरक उद्देश्यहरु प्राप्त गर्न, रोजगारी तथा व्यापार गर्न, घुम्न तथा पढ्न आउनेजाने गरिन्छ | वैदेशिक यात्राको निर्णय गर्नु पुर्व गन्तव्य स्थलको पूर्ण जानकारी लिनुपर्दछ |

त्यसैले, सी.डी.एनले तपाईको सुमधुर भविष्य निर्माणमा सघाउन विभिन्न प्याकेजहरु प्रदान गरेको छ | उपलब्ध प्याकेजहरु हेरी आवश्यक परेको कार्यशाला  आरक्षित गर्न सक्नुहुन्छ |

Assessement SlimAssessment BasicAssessment DeluxeGlobalized Life PlanningIndividual Counseling