- सि.डी.एन् को अर्थ के हो ?
- सि.डी.एन् को उद्देश्यहरु के-के हुन् ?
- मैले डाटामा भरेका जानकारीहरुलाई के गरिन्छ?
- मैले सि.डी.एन् सेवाहरुलाई किन विश्वास गर्ने?
- तपाईले प्रदान गर्ने सेवाहरुको गुणस्तरमा कसरि विश्वस्त हुनुहुन्छ ?
- के तपाईले वास्तवमै व्यक्तिगत चाहना र क्षमताहरु पत्ता लगाउन मद्दत गर्नुहुन्छ?
- तपाईले वितिय अर्थव्यवस्थापन कसरी गर्नु भएको छ ?
- यो संस्था वा कार्यक्रमको सुभारम्भ कसले र किन गरेको हो ?
- यदि, तपाईको सेवाहरुबाट सन्तुष्ट हुन सकिन भने के मैले मेरो पैसा फिर्ता पाउछु ?
- किन तपाईको सेवाहरुलाई पैसा तिर्नु पर्दछ ?
- तपाईका सेवाहरु किन यति धेरै महँगा छन्?
- यो सेवाहरु पैसा तिर्न कसरी योग्य छ ?
- सामाजिक व्यवसायको अर्थ के हो ?
- करियर (वृति) परामर्शले कसरि काम गर्छ?
- के का लागि मलाई करियर (वृति) परामर्श आवश्यकता छ?
- करियर (वृति) परामर्शको लागि तपाई किन योग्य हुनुहुन्छ ?
- कसरि तपाई करियर (वृति) वा शैक्षिक कन्सल्टेन्सी भन्दा फरक हुनुहुन्छ ?
- मैले करियर (वृति) परामर्श गरे पश्चात के पाउछु ?
- के करियर (वृति) परामर्श एक पटक गरे मात्र पुग्छ ?
- के तपाईले मेरो लागि पेशा छनोट गरिदिनुहुन्छ ?
- के तपाईले मलाई विश्वविद्यालयमा आवेदन पत्र लेख्न सहयोग गर्न सक्नुहुन्छ ?
- व्यक्तित्व मूल्यांकन (Online Assessment) पछी व्यक्तिगत कोचिंग (परामर्श) सत्र किन आवश्यक पर्दछ ?
- अनलाईन व्यक्तित्व मूल्यांकनको परिणाम बाहेक मैले तपाई बाट अरु के कुरा प्राप्त गर्न सक्छु ?
- व्यक्तिगत कोचिंग (परामर्श) सत्रमा मैले कुन-कुन विषयमा कुरा गर्न सक्छु ?
- व्यक्तिगत परामर्श (किचिंग) सत्रको समयावधि कति हुन्छ ?
- प्रश्नहरुको परिचय कसले गराएको हो ?
- व्यक्तिगत मुल्यांकन, गहिरो अध्यन तथा प्रमाणित तथ्यमा आधारित छ भनि तपाईले कसरि प्रमाणित गर्न सक्नुहुन्छ ?
- कम्प्युटरले कसरि मलाई करियर (वृति) परामर्श गर्न सक्छ ?
- कति जनासम्म कार्यशालामा सहभागी हुन् सक्छन् ?
- कहिले सम्ममा म यो कार्यशालाको लागि आवेदन गर्न सक्छु ?
- के कार्यशालाको अन्त्यमा मैले प्रमाण पत्र हासिल गर्न सक्छु ?
- यदि मलाई कार्यशालाको अन्त्यमा सो सम्बन्धि धेरै प्रश्नहरु सोध्न मन लागेमा के गर्ने ?
- के आर्थिकस्तर कमजोर भएका विद्यार्थीहरुलाई केही सहुलियत दिनुहुन्छ ?
- यो कार्यशालामा को सहभागी हुन सक्छन् ?
- मेरो व्यक्तित्व सुहाउदो शिक्षा र पेशा हासिल गर्न कार्यशालाले कसरि मद्दत गर्दछ ?
- मैले कार्यशालामा आरक्षित गरेको समय तालिका विर्सिए भने के हुन्छ ?
- विद्यार्थीको व्यक्तित्व सुहाउदो शैक्षिक तथा करियर (वृति) निर्णय गर्न सघाउने |
- श्रम बजार र शैक्षिक सम्भाव्यतालाई पारदर्शी गराउने |
- विशेषगरि टि.ई.भि.टि क्षेत्रभित्र पर्ने (व्यावसायिक शिक्षा तथा तालिमहरु) अज्ञात र वेवास्ता गरिएका पेशाहरुतर्फ प्रोत्साहन गराउने |
•करियर (वृति) परामर्शलाई औपचारिक तथा अनौपचारिक शिक्षाको महत्वपूर्ण कडीको रुपमा विकास गर्ने |
हामीले गोपनीयता, पारदर्शीता र व्यवसायिकता जस्ता पक्षहरुलाई मध्यनजर गरेर मनबाट काम गर्दछौ |
गोपनीयता: हामीलाई थाहा छकि तपाईले हामीलाई सम्पूर्ण व्यक्तिगत जानकारीहरु दिनुहुन्छ | ति जानकारी र विवरणहरु गोप्य रुपमा रहन्छन् | यदि आवश्यक परेको खण्डमा तपाईको मन्जुरीमा मात्र उपलब्ध गराइन्छ | तपाईले परामर्श सत्रमा भनेका मौखिक जानकारीहरु पनि गोप्य रुपमा रहनेछन् |
पारदर्शीता: हाम्रो सँस्थाका सम्पूर्ण जानकारीहरु तपाईले हाम्रो वेवसाइटमा पाउन सक्नुहुन्छ | हामीले वार्षिक प्रतिवेदन र अडीट रिपोर्टहरु पनि प्रकाशित गर्दछौ |
व्यवसायिकता: हामीले परामर्श सेवा उपलब्ध गराउनु पुर्व तिन वर्ष भन्दा बढी समय नेपालका शैक्षिक सँस्था, व्यावसायिक तालिम केन्द्र, शैक्षिक प्रणाली र उपलब्ध पेशाहरुको गहिरो अनुसन्धानमा खर्चेका छौ |
‘व्यक्तित्व मुल्यांकन’ सेवा विभिन्न विकसित देशहरुमा परिक्षण तथा प्रयोग गर्दै आइरहेको पाइन्छ र नेपालमा पनि नेपाली परिवेश सुहाउदो बनाई प्रस्तुत गरेका छौ |
हामीले हृदयदेखिनै काम गरेका छौ: यो संस्थाको स्थापनाकाल देखिनै प्राय सदस्यहरुले पुरा समय, सेवाहरुको विकास गर्नमा नै समर्पित गरेका छन् | भविष्यमा तपाईले सी.डी.एन् संग काम गरेका हाम्रा ग्राहक वर्गहरुको राय पनि बुझ्न सक्नुहुन्छ |
हामीले हाम्रो सेवाहरु व्यक्तित्व मुल्यांकन र कार्यशालाहरुको धेरै पटक प्रयोग तथा प्रशिक्षण गरिसकेका छौ | परामर्श क्षेत्रमा तिन वर्ष भन्दा बढी अनुभवी दक्ष परामर्शकर्ता र परियोजनाका सम्पूर्ण सदस्यहरु गुणस्तरीय सेवा प्रदान गर्न समर्पित रहेका छन् |
नेपालका शैक्षिक क्षेत्र र श्रम बजारमा भएका परिवर्तनहरुलाई मध्यनजर गर्दै परियोजनाका सम्पूर्ण सदस्यहरुको क्षमता र ज्ञानको निरन्तर सुधार गर्दै, हाम्रा सेवाहरुलाई समय सापेक्ष विकसित गर्दै आएका छौ |
हामीले साच्चिनै तपाईहरुलाई मद्दत गर्न खोजेका हौ | हामीले नेपालको श्रम बजारमा धेरै सम्भावनाहरु देखेका छौ र यो क्षेत्रमा केही सकारात्मक परिवर्तन गर्न चाहन्छौ | यदि हामीले श्रम बजारमा तपाईको स्थान देखाउन सक्यौ भने तपाई पनि यो परिवर्तनको पात्र बन्नुहुनेछ |
हामीले तपाईको इच्छा र आवश्यकतालाई मध्यनजर गरेर सी.डी.एन् सेवाहरु लिन सुझाव गर्दछौं | सी.डी.एन् निश्चित लक्ष्यको साथ संचालित, नाफा रहित सामाजिक संस्था भएकोले हामीले पाउन सक्ने फाईदाहरु हाम्रो सेवाहरुको विकास र सुधारमा प्रयोग गर्नेछौ साथै यी सेवाहरु किन्न नसक्ने युवाहरुलाई निशुल्क सुविधा उपलब्ध गराउनेछौ |
“करियर दिशा नेपाल” लाई गैर-नाफा मुलक (संस्था दर्ता ऐन को दफा १९ बमोजिम) सामाजिक संस्थाको रुपमा दर्ता गरिएको छ | अर्थात प्राविधिक रुपमा यो संस्थाको मालिक छैनन्, तर पाँच जना संस्थापक सदस्यहरु (सरोज बास्तोला, हरि कृष्ण दाहाल, पुजन रन्जित, सुरेश कासुला र इन्गे पात्च) छन् | इन्गे पात्च नेपली नागरिक नभएको कारणले संस्थाको ज्ञापन पत्रमा चार संस्थापक सदस्यहरुको मात्र नाम भेट्टाउनु हुनेछ | संस्थाको ज्ञापनपत्र र संस्थापक सदस्यहरुको व्यक्तिगत सन्देश सी.डी.एन् को वेवसाइटमा उपलब्ध छ |
यस संस्थाका संस्थापक सदस्यहरु लामो समयसम्म युवाहरुसँग काम गर्दै आएका र युवाहरुलाई आवश्यक पर्ने करियर निर्देशन प्रणालीको कमि महशुस गरि यो संस्थाको धारणा ल्याएका हुन् |
मूलतः हामीले हाम्रा ग्राहक वर्गलाई गुणस्तरीय सेवा प्रदान गर्ने सक्दो प्रयास गर्दछौ | यदि तपाई हामीले दिएको सेवाहरुमा सन्तुष्ट हुनुभएन भने तत्काल नै हामी संग प्रत्यक्ष कुराकानी गर्न सक्नुहुन्छ | तपाईको प्रतिक्रियालाई हामीले एक-एक गरि केलाएर समाधानको उपाए खोज्ने छौ |
परामर्श एउटा आधारभूत प्रक्रिया भएकोले, हामीले दिएका सल्लाह र सुझावहरु अनुसरण गर्नु वा नगर्नु तपाईको हातमा हुन्छ | यसको मतलब तपाईको पैसा तलका मुद्दाहरुमा फिर्ता हुने छैन:
- तपाईले फरक सेवाको अपेक्षा गरेमा (हामीले दिने सेवाहरुको उद्देश्यहरु सुरुमा नै स्पष्ट पार्ने छौ)|
- तपाईलाई व्यक्तित्व मुल्यांकनको परिणाम मन नपरेमा |
तर विशेष केही मुद्दाहरुमा तपाईले पैसा फिर्ता पाउनुहुनेछ:
- यदि हामीले दिने सेवा तोकिएको समय भन्दा ढिलाई भएमा |
- यदि मनोवृत्ति मुल्यांकनको लिखित परिणाम प्रदान गर्न नसकेको खण्डमा |
यदि करियर कार्यशाला (Career Workshop) तोकिएको समय र मितिमा समापन हुन नसकेको खण्डमा र दिएको नयाँ मितिमा उपस्थित हुन नसेकेको खण्डमा |
हामीले तपाईलाई गुणस्तरिय र पूर्ण विकसित सेवाहरु प्रदान गरेका हौ | हाम्रा सहकर्मी कर्मचारीहरु निश्चित विषयमा तालिम प्राप्त छन् | उहाँहरुले तपाईलाई आफुसक्दो व्यावसायिक मार्ग निर्देशन गर्नु हुन्छ |
यो सेवाहरुको तयारी गर्न समय र वित्तीय लगानी बढी लागेको छ | हामीले लगभग दश हजार घण्टा भन्दा बढी समय तपाईलाई प्रदान गर्ने करियर र शैक्षिक जानकारीको तयारी प्रक्रियामा लगाएका छौ |
तपाईले भविष्यको शैक्षिक शुल्क बचत गर्न सक्नुहुन्छ | नर्सिंग कोर्षको शुल्क रु ३८०००/- देखि रु ९,४५,०००/- सम्मको छन् | यदि तपाई सहि मार्गनिर्देशन पाउनु भयो भने नौ लाख सम्म बचाउन सक्नुहुन्छ |
यदि तपाईले दुई लाख (रु २०००००/-) शिक्षाको लागि बचत गर्नु भएको छ भने जम्मा रु ६०००/- खर्च गरेर रु १,९४,०००/- बचत गर्न सक्नुहुन्छ| हाम्रो उत्कृष्ट प्याकेजको शुल्क जम्मा रु ६०००/- हो जुन तपाईले बचत गर्न सक्ने शुल्कको ०.६ प्रतिशत भन्दा पनि कम छ | यसरी सोच्नुहोस् …
करियर (वृति) परामर्श
करियर (वृति) परामर्श धेरै प्रकारका हुन्छन् | सामान्यतया, व्यक्तित्व अनलाईन मूल्यांकनको परिणाम पश्चात वा मनोवृत्ति अनलाईन मुलायांकन (Interest Based Assessment) नगरी पनि तपाईको आवश्यकता अनुसार करियर (वृति) परामर्श वा कोचिंग गरिन्छ | त्यस्तैगरी, जसरि योगा शिक्षकले योग अभ्यासको प्रत्येक श्रेणीलाई अनुशरण गर्न मार्गनिर्देशन गर्दछन् त्यसरी नै हामीले क्षमतामा आधारित मुलायांकन (competence Assessment) कार्यशालामा तपाईको प्रतिविम्ब पहिचान गर्ने प्रक्रियामा प्रत्येक सहभागीहरुलाई परामर्श गर्दछौं |
तपाईको करियर (वृति) सम्बन्धि समस्या अनुसार हामीले विभिन्न समाधानका उपाएहरु बताउछौ |
हाम्रो अनुसन्धानले देखाए बमोजिम राजाधानीका ७५% भन्दा बढी विद्यार्थीहरु आफ्नो शिक्षा र करियर छनोटको दुविधामा रहेको पाइन्छ | पेशागत र शैक्षिक निर्णय गर्ने जस्तो चुनौतिपूर्ण प्रक्रियामा तपाईलाई मार्गनिर्देशनको आवश्यकता पर्दछ भन्ने हामीले बुझेका छौ |
प्रायजसो, अभिभावकहरुले बच्चाहरुको उच्च शिक्षाको लागि धेरै पैसा खर्चेका हुन्छन् | यदि तपाईले चाहनुहुन्छ भने हामीले तपाईको व्यक्तित्व अनुसारको उचित शैक्षिक र व्यवसायिक जीवन छनोट गर्न सहयोग गर्नेछौ |
यो परियोजना संचालन गर्नु पहिला नेपालमा उपलब्ध पेशागत क्षेत्रहरु र सो पेशाको अनुसरण गर्न वैकल्पिक शिक्षाहरुको ’boutमा कुनै पनि तथ्यांक भेटाउन सकिदैन | हामीले यी सम्पूर्ण तथ्यांकहरु संकलन गरेका छौ र अनुभवी करियर (वृति) परामर्शकर्ताले तपाईको फाइदाको लागि चरणवद्ध तरिकाले यी तथ्यांकहरुको प्रयोग गर्दछन् | सी.डी.एन् का सम्पूर्ण सदस्यहरु र अष्ट्रियालि करियर परामर्शकर्ता संगको निरन्तर सम्पर्कमा रहेर हप्तौ सम्म संकलित शैक्षिक र पेशागत तथ्यांकको ’boutमा छलफल गरेका छौ | छलफलको क्रममा अष्ट्रियालि करियर परामर्शकर्ताले हामी संग नेपालमा नभएको करियर सम्बन्धि जवाफ दिन मद्दत गरेकी छन् |
हामीले नेपालमा भएका सम्भावनाहरुमा केन्द्रित भई भविष्यका श्रम शक्तिहरुलाई नेपालमानै शिक्षा र व्यवसायिक तालिमको बन्दोबस्त मिलाउन सघाउनेछौ | हामीले नेपालका शैक्षिक सम्भावनाहरुको ’boutमा व्यापक छलफल गर्नेछौ र नेपालीहरुलाई वैदेशिक रोजगार भन्दा पनि नेपालमा रहेका पेशाहरु अगाल्न प्रोत्साहन गर्नेछौ |
त्यस्तैगरी, हाम्रो सेवाहरु, शैक्षिक पेशाहरुमा मात्र सिमित नभई छोटो र लामो अवधिको व्यवसायिक तालिम प्राप्त गरेर गर्न सकिने पेशा तर्फ पनि उत्प्रेरित गर्दछौ |
त्यसैले, नाफा उन्मुख कन्सल्टेन्सीको तुलनामा निश्चित लक्ष्य लिई नेपाली युवाहरुलाई व्यवसायिक करियर परामर्श प्रदान गर्न अवस्थित छौ |
करियर (वृति) परामर्श कति पटक लिने भनि तपाईमा निर्भर रहन्छ:
तपाईको पेशागत छनोटको कठिनाइ अनुसार र तपाईको बुझाईको स्थरमा भर पर्दछ | समान्यतया, युवाहरुले आफुले रोजेको पेशामा विश्वस्त हुनको लागि ३ देखि ४ वटा परामर्श सत्र लिने गर्दछन् |
हामीले तपाईको व्यक्तित्व अनुसारको पेशाहरु छनोट गर्न सहज बनाउछौ साथसाथै उक्त पेशा प्रदान गर्ने रोजगारदाताहरु, सम्बन्धित पेशाको लागि आवश्यक क्षमताहरु पत्ता लगाउन पनि सहयोग गर्दछौ | तर हामीले तुरुन्तै काम पाइहाल्ने करियर छनोट गर्दिनभने सक्दैनौ |
व्यक्तिगत कोचिंग (परामर्श) सत्र (Individual Coaching Sessions)
उदाहरणको रुपमा भन्नुपर्दा अनलाईन मूल्यांकन भनेको गोलभेंडा र चिजको पिज्जा जस्तै हो जुन सबैलाई उस्तै देखिन्छ तर व्यक्तिगत कोचिंग (परामर्श) सत्रमा तपाईको चाहना बमोजिमको पिज्जामा राखेको खानाको मात्र पनि कुरा गर्न सकीन्छ |
यदि तपाईले व्यक्तित्व मुल्यांकन पश्चात प्राप्त गरेको व्यक्तिगत विवरण सम्बन्धि स्पष्ट हुनुहुन्छ भने तपाईलाई व्यक्तिगत कोचिंग (परामर्श) सत्र आवश्यकता पर्दैन | तर तपाईले प्राप्त गरेको परिणाम पश्चात पनि करियरको लागि के गर्ने भनि अन्योलमा हुनुहुन्छ भने हामीले तपाईलाई हाम्रो कार्यशाला वा व्यक्तिगत कोचिंग (परामर्श) सत्रमा सहभागी हुन आग्रह गर्दछौ |
यदि तपाई मानसिक तनाव वा मनोवैज्ञानिक रोगबाट ग्रसित हुनुहुन्छ भने हाम्रो सेवा मनोवैज्ञानिक परामर्श होइन | यदि तपाईका प्रश्नहरु मनोविज्ञान सम्बन्धित छन् भने हाम्रा मनोवैज्ञानिक परामर्श तालिम प्राप्त परामर्शकर्ता वा विशेष यो क्षेत्रमा कार्यरत विशेषज्ञ सामु जान आग्रह गर्छौ |
मूल्यांकन
कार्यशालाहरु
फरक कार्यशालाहरुको फरक लक्षित समुह छन् | तर पनि तपाई जुनसुकै कार्यशालामा पनि सहभागी हुन सक्नुहुन्छ | कुनै कार्यशाला अरुलाई भन्दा तपाईलाई अझ बढी उपयुक्त हुन सक्छ त्यसको लागि तपाईले हाम्रो वेवसाइटमा गई निश्चित गर्न सक्नुहुन्छ |
सुरुमा कार्यशालामा तपाईको इच्छा र क्षमताको आधारमा कुन पेशा धेरै ठिक हुन्छ भनि करियर (वृति) परामर्शकर्ताले प्रतिक्रिया दिन्छन् |
कुनै पनि विषय प्रति तपाईमा भएको उत्प्रेरणाले सिकाईलाई सकारात्मक प्रभाव पारेको हुन्छ | यदि तपाईले भविष्यमा गर्न चाहेको पेशा सम्बन्धित अध्यन गर्नु भयो भने सहज तरिकाले, उत्साहित पुर्वक कोर्ष समापन गर्न सक्नुहुन्छ | तपाईलाई मन नपरेको विषयको तुलनामा उच्च अंक हासिल गर्न पनि सफल बन्नुहुन्छ |
तपाईको उक्त शिक्षामा ल्याएको उच्च अंक र व्यवसायिक तालिम बाट लिएको अनुभवले सो सम्बन्धित पेशा खोज्न सजिलो हुनुको साथै एउटै पेशामा लामो समयावधि सम्म काम गर्न (टिक्न) सक्नुहुन्छ |