करियर छनोटमा इच्छाहरुको महत्व

“इच्छामा आधारित रहेर पेशा क्षेत्र रोज्नुहोस्,  तपाइले जीवनभर काम गरेको महशुस गर्नु हुने छैन |” (कन्फुसियस)

प्राय किन सफल व्यक्तिहरु, इच्छामा आधारित काम रोज्नुपर्दछ भन्ने पक्षमा सहमत हुन्छन् ?  ’cause, सफल व्यक्तिहरुले व्यक्तिगत इच्छालाईनै पछ्याएर सफलता हासिल गरेका हुन्छन् |  व्यक्तिगत क्षमताहरु, व्यक्तिगत चाहना र इच्छा संग मेल खाएमा सफलता मिल्दछ भन्ने कुरा सफल व्यक्तिहरुको जीवनी बाट नै प्रमाणित हुन्छ | तर पनि व्यक्तिगत इच्छाहरु सफल करियर निर्माणमा कसरि सम्बन्धित हुन्छन् ?  अवश्य पनि यो प्रश्न सबैको मनमा उब्जन सक्छ |

इच्छानै प्रेरणाको श्रोत, सफल र सन्तोषजनक करियर प्राप्त गर्ने माध्यम हो |

प्रत्येक व्यक्तिहरुको विशेषता जनाउने र सम्बन्धित क्रियाकलाप गर्नको लागि उत्साहित गराउने महत्वपूर्ण तत्व इच्छा हो  | दैनिक जीवनमा आइपर्ने सम्बन्धित कामहरु आकर्षक, सहज र रमणीय वातावरणमा समापन गर्नको लागि इच्छाले ठुलो प्रभाव पारेको हुन्छ |  हिडी (१९९०) को अनुसार कुनै पनि विषयवस्तु प्रति इच्छित हुनु भनेको एक मानसिक श्रोत हो जसले व्यक्तिलाई राम्रो  प्रदर्शनी र उपलब्धि हासिल गर्नको लागि अनुसरण गरि सक्रिय सिकाईमा मद्धत पुर्याउछ | यदि हामीले गरिरहेको जुनसुकै काम पनि इच्छा अनुसारको हो भने उत्तम परिणामको लागि आवश्यक अभ्यास गर्नुको साथै थप सिकाईको निम्ति लागि पर्दछौ | फलस्वरुप आत्म विश्वास पनि बढाउन पनि मद्दत गर्दछ | यदि कुनैपनि काम गर्दा आनन्द आउने र आत्मसन्तुष्टि मिल्ने खालको कार्य क्षेत्र छनोट गरेमा अरुको अनुसरण गर्ने भन्दा पनि उक्त काम समापनको लागि सृजनशील तरिका अपनाई कठिन परिश्रम गर्न पनि पछि हट्दैनौ |

इच्छा सम्बन्धित प्रकाशित भएका अध्ययनहरु 

सन् २००२ को ‘चाहना, सिकाई र मनोवैज्ञानिक प्रकृया र ’em बिचको सम्बन्ध’ विषयको अनुसन्धानले व्यक्तिको प्रतिक्रिया, दृढता र सिकाई इच्छासंग सम्बन्धित् रहेको देखाएको थियो | अनुसन्धानले बताए अनुसार व्यक्तिको इच्छामा प्रभावकारी र भावनात्मक तत्वहरु हुन्छन् जसले गर्दा व्यक्तिलाई कुनैपनि क्रियाकलापमा सहभागी हुन तल्लिन बनाउछ | इच्छा र प्रस्तुति बिचको सम्बन्ध पत्ता लगाउनको लागि एक मेटा-विश्लेषणले १८ फरक देशहरुमा अनुसन्धान गरेको थियो जसअनुसार इच्छा र शैक्षिक उपलब्धि एक आपसमा सम्बन्धित् रहेको पाइयो | त्यसकारण, उक्त अनुसन्धानहरुको आधारमा व्यक्तिको शिक्षाको साथ साथै व्यावसायिक जीवनमा इच्छाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ |

यदि तपाईले करियर र शैक्षिक बाटो सम्बन्धि लक्ष्य बनाउनु भएको छैन भने पनि तपाईसंग केही इच्छाहरु हुन्छन् जुन कुरामा तपाई सचेत नहुन पनि सक्नुहुन्छ | तपाईको इच्छा, चाहनाहरु थाहा पाउनु र सो इच्छाहरुलाई पछ्याउनु महत्वपूर्ण रहन्छ | जीवनमा सफलता हासिल गर्नको लागि व्यक्तिगत इच्छाहरुको ’boutमा थाहा पाउनु महत्वपूर्ण हुन्छ | आफुलाई अरुभन्दा फरक ढंगबाट प्रस्तुत गर्न र जीवनमा सफलता हासिल गर्न प्रेरणा दिने श्रोत व्यक्तिगत इच्छाहरु हुन् | विद्यार्थीहरुको निश्चित क्षेत्र सम्बन्धित इच्छा, चाहनाहरु पहिचान गर्न सहायता गरेमा उनीहरुलाई इच्छित पेशा पत्ता लगाउन सहयोग पुग्दछ भन्ने कुरामा करियर दिशा नेपाल विश्वस्थ छ | यदि तपाईलाई इच्छा सम्बन्धि थप जानकारी लिनु छ भने सी.डी.एनलाई सम्पर्क गर्न नहिच्किचाउनु होला |

Comments are closed.