छोराछोरीको पेशागत भविष्य प्रति आमाबाबुको भूमिका

अभिभाबकत्व वहन गर्नु भनेको केबल छोराछोरी जन्माउनु मात्र नभएर उनीहरुको सुमधुर भविष्यको जिम्मेवारी वहन गर्नु पनि हो | अबश्य पनि हरेक आमाबाबुहरुले आफ्नो छोराछोरीहरुको राम्रो स्वास्थ्य र आनन्ददायी व्यावसायिक जीवन को परिकल्पना गरेका हुन्छन् |

हरेक बच्चाहरु एकअर्कामा भिन्न किसीमका विशेषता बोकेका हुन्छन भने केहि अभिभाबकहरुमा उक्त जिज्ञासा निर्मुल पार्ने अनुभव हुन्छ | प्राकृतिक रुपमानै बच्चाहरु हरेक कुराको निर्णय गर्न हतारिने स्वभावका हुन्छन् | उनीहरुलाई सहि र गलत बाटो छुट्याई सहि बाटो देखाउने, साथीको रुपमा व्यवहार गर्नुको साथसाथै सहयोगी बनेर सुमधुर वाताबरणको सिर्जना गर्नु अभिभाबकको दाइत्व हो |

बच्चाहरु बढ्ने क्रममा उनीहरुको शारीरिक तथा भावनात्मक रुपमा परिवर्तन आउनुको साथसाथै नयाँ साथीहरु भेट्दछन, र शैक्षिक जिम्वेवारी पनि उत्तिकै हुन्छ | यि सबै कुराले उनीहरुलाई थप तनाव गराउदछ | कहिलेकाहि अभिभाबकहरुले आफुले पुरा गर्न नसकेको सपनाहरु आफ्नो बच्चाहरुले पुरा गरिदियोस भन्ने चाहन्छन्,  बच्चाहरुको इच्छा र भावनाको कदर नगरेको कारण बच्चाहरुले पूर्ण निर्देशन नपाएको महसुस् गर्दछन् | परिणाम स्वरूप उनीहरुले अभिभाबकलाई आफ्नो समस्या र चाहना खुलेर भन्न सक्दैनन् | अर्को तर्फ अभिभाबक संग समयको अभाबले पनि बच्चाहरुमा भएको कार्य कौसलता, अन्तर्निहित चाहना र अतिरिक्त गुणहरु के के छन् भनि थाहा पाउन सक्दैनन् | यी कारण ले गर्दा दुवै बच्चा र अभिभाबकहरु बीचको दुरी बढ्दछ | कोहि अभिभाबकहरु आफ्ना बच्चाहरुलाई  यो काम गर्न सक्दैनस, यो नगर-त्यो नगर भनेर कमजोर बनाउने वाक्यहरू प्रयोग गर्दछन |

आजको युग भनेको विकल्पको समय हो, कार्य क्षेत्रमा धेरै अवसरहरु उपलब्ध छन्, सो अनुसार बच्चाहरुले विभिन्न सपना देखेका हुन्छन् | तर पनि अभिभाबकमा केहि उच्च स्तर मानिएका पेशालाई मात्र धेरै प्राथमिकता दिने स्वभाव रहदै आएको पाइन्छ उदाहरण को लागि डाक्टर, पाईलट, इन्जीनियर | तर सामाजिक तथा आर्थिक स्थिति कमजोर भएका अभिभाबकहरुले उक्त उच्च स्थर मानिएका पेशाहरु बच्चाहरुलाई उपलब्ध गराउन सक्दैनन् | नेपालमा ३०० भन्दा बढी पेशाहरु स्थानीय स्थरमा उपलब्ध छन् | सि.टि.ई.भी.टिले पढाईलाई निरन्तरता दिन नसकेका तथा पढ्दै गरेका हरुलाई सहज मुल्ल्यमा प्रशिक्षण गराउछ | यसको अर्थ सबै विद्यार्थीहरुको क्षमता र चाहना अनुसार पेशा रोज्न अवसर उपलब्ध छ |

अभिभाबकहरुले बच्चाहरुको शैक्षिक तथा व्यावसायिक चाहना ’emको व्यक्तित्व, सवल पक्ष् र दुर्वल पक्षको ’boutमा थाहा पाउन तिनिहरुसंग धेरै समय व्यतित गर्नुपर्ने हुन्छ | बच्चाले देखाएको व्यवहारहरु, उनीहरुको पेशागत भविष्यको लागि संकेत हो | त्यसैले बच्चामा सबल पक्षलाई प्रोत्साहन दिन सक्यो भने विमानमा इग्जिन जोडे सरह हुन्छ | बच्चाहरुको सुमधुर पेशागत भविष्यको पहिचान गर्न थप सहयोगको लागि वरिपरी उपलब्ध संरचनात्मक रुपमा निर्माण गरिएको इच्छामा आधारित मनोवैज्ञानिक परिक्षण गराउनुको साथै व्यावसायिक सल्लाहकारको सहेयोग लिन सक्दछन् | उक्त परिक्षणले बच्चाहरुको चाहना, सबल पक्ष र मूल्य मान्यता अनुरुपको पेशागत क्षेत्र पत्ता लगाउन सहयोग गर्दछ |