CDN Online Assessment

Online Assessment TestOnline assessment करियर दिशा नेपालले खोज,अनुसन्धान र प्रविधिको समिश्रणले तयार गरेको सरल मनोवैज्ञानिक प्रश्नावली हो । जो कसैले संसारको जुनसुकै ठाउबाट कम्प्यूटरको माध्यमले Online assessment गर्न सक्छ । यो प्रविधिमा नेपालमा उपलब्ध हरेक पढाई र नेपाली श्रमबजारमा उपलब्ध हरेक पेशाको वितृत विवरण उपलब्ध छ । Online assessment भित्र विभिन्न प्रश्नावली समावेश गरिएको छ। ती प्रश्नावलीको उत्तर दिइसकेपछि तपाईको एउटा प्रोफाइल कम्प्युटरले तयार गरेर तपाईको प्रोफाइललाई सुहाउदा नेपालमा भएका हरेक पेशासगँ तुलना गरी तपाईलाई सुझाबका रुपमा तपाईको प्रोफाइल सुहाउदा पेशा र त्यसका लागि तपाईले अंगाल्नुपर्ने अध्ययनका बाटाहरु प्रस्तुत गर्दछ । साथै हरेक पेशाको विस्तृत विवरण, त्यस पेशाको लागि तपाईले पढ्नुपर्ने अधिकतम पढाई, तालिम र विषय छनौट देखि पढाईमा खर्च गर्नुपर्ने रकमसम्मको जानकारी एकैपटकमा प्रस्तुत गर्दछ ।

Online assessment किन आवश्यक छ ?

हामीले देखि आएको र कत्तिले त भोगेको पनि कुरा हो, हाम्रो वरिपरी धेरै दाइदिदीहरु पढाई सकाएर एक पछि अर्को जागिरको लागि निवेदन दिइरहनु भएको र कुन पेशा अंगाल्ने भनेर दुविधामा रहनुभएको । अथवा यस्ता धेरै उदाहरण छन कि पढाइ एक विषयको गर्नुभएको छ तर उहाहरुले अंगाल्नु भएको पेशाको पढ्नु भएको विषयसँग कुनै सरोकार नै छैन र प्रायः अन्योलमा रहनुहुन्छ । करियर दिशा नेपालले तयार गरेको Online assessment ले तपाईलाई तपाईको ईच्छा र व्यक्तित्वको आधारमा तपाईलाई उपयुक्त पेशाहरुको सुझाव दिन्छ र ती पेशाहरुको लागि आवश्यक अध्ययन मार्ग र त्यस सम्वन्धि सम्पूर्ण विवरण दिने गर्दछ । यो assessment ले तपाईलाई आप्नो उच्च अध्ययनको बाटो पहिलाउन सहि मार्गदर्शन प्रदान गर्दछ ।

online_assessment

Europe मा यस्तो assessment प्रयोगमा आएको ३० वर्ष भन्दा बढि भईसक्यो र करियर दिशा नेपालले सोही वैज्ञानिक शैलीलाई नेपाली परिवेशमा रुपान्तरण गरेको छ । विगत ४ बर्षको खोज, अनुसन्धान र विगत २ वर्षको परिक्षण पश्चात यो प्रणाली सबैको लागि उपलव्ध भएको छ ।

मनोवैज्ञानिक मूल्यांकन दुवै अनलाइन अफलाइन ढाँचामा उपलब्ध छन् र 200 रुपैयाँको न्यूनतम शुल्कदेखि शुरू हुँदैछन्। साथै, युवाहरूको लागि सही रूपमा आवश्यक निर्देशन प्रदान गर्न हामीले तीनवटा अलग मूल्याङ्कन प्याकेजहरू सिर्जना गरेका छौं: स्लिम, आधारभूत डिलक्स

asessment.careerdishanepal.org मा जानुहोस् र श्रम बजारमा आफ्नो विचार, रुचि  र व्यक्तित्व मिल्ने शैक्षिक संभावना र कार्यको जानकारी लिनुहोस् । तपाईं प्रत्यक्ष रूपमा ESEWA मार्फत अनलाइन मूल्याङ्कनको लागि भुक्तानी गर्न सक्नुहुन्छ वा हाम्रो आउटलेटहरू भ्रमण पनि गर्न सक्नुहुन्छ।

यदि तपाइँ हाम्रो ’boutमा इच्छुक हुनुहुन्छ र जानकार रहन चाहनुहुन्छ भने, कृपया हाम्रो न्यूजलेटरको लागि साइन अप गर्नुहोस्