इन्टर्नशिप किन?

“ज्ञान प्राप्त गर्ने एक मात्र श्रोत अनुभव हो | “- अल्बर्ट आइन्स्टाइन 

नेपालमा धेरैजसो शिक्षित युवाहरु बेरोजगार रहेको पाइन्छ, युवा अवस्थामा उनीहरु अब के गर्ने; नेपालमा जागिर खोज्ने… वा पढाईलाई निरन्तरता दिने… भनि भौतारिरहेका हुन्छन् | युवा अवस्था भनेको उज्ज्वल भविष्यको लागी ठूलाठूला सपना देख्ने समय हो, त्यसमध्ये प्राय युवाहरु, करियर (वृति) विकास र सफल बनाउने विकल्पहरु खोजी गर्न असफल रहेका पाइन्छ | उदाहरणको लागि यदि कुनै युवा विदेश पढ्नको लागि वा जागिरको लागि बारम्बार आवेदन दिएर पनि छनोट नहुन सक्छ, त्यसपछी उनीहरुको अर्को विकल्प के त…? परिणामस्वरूप ’emमा अहिले सम्मको समय र मेहेनत बेकारमा गएको ठानी जीवनमा उदासीनता, नैराश्यता ल्याउन सक्छ |

इन्टर्नशिप भनेको सैद्दान्तिक ज्ञानलाई प्रयोगात्मक रुपमा प्रयोग गरिने शिक्षा हो, प्राय गरेर इन्टर्नशिप छोटो अबधिका हुन्छन् | सामान्यतया, कलेजको क्रेडिट पुरा गर्न अथवा कलेज सकिए पछी, र व्यावसायिक तालिम पश्चात इन्टर्नसिप गरिन्छ | प्राय इन्टर्नसिप नाफामुलक वा गैर-नाफामुलक, निजि कम्पनीहरु/संगठनहरुले प्रदान गर्दछन् | सामान्यतया, युवाहरु रोजगार तथा स्व-रोजगार हुनु भन्दा पहिला आफ्नो करियरको लागि आवश्यक पर्ने क्षमता र कार्य कौशल विकास गर्नको निम्ति इन्टर्नसिप गरेको पाइन्छ |

इन्टर्नशिप भनेको विनातलबको अथवा कम तलबमा गरिने कार्य हो | हाम्रो समुदायमा “यत्रो पढेर पनि सित्तैमा काम गर्छन्” भन्नि परम्परावादी मानसिकताको कारण विनातलब सेवा दिन हिच्किचाएको पाइन्छ | आर्थिक दृष्टिकोणले मानिसहरु सहि भएता पनि कार्यको प्रकृति-ढाचा बुझ्न र अनुभवको हिसाबले राम्रो स्थान बन्न सक्छ | इन्टर्नशिपको माध्यमबाट, तपाईले आफ्नो विचारहरु प्रस्फुटन गर्ने अनुभव बटुल्न सक्नुहुन्छ: आफुले चाहेको क्षेत्रलाई आवश्यक पर्ने गुणहरु आफुमा विकास गर्न सक्नुहुन्छ | इन्टर्नशिपले तपाईमा हिम्मत बढाउन सहयोग गर्दछ| यसले सामाजिक समस्याहरु र पेशागत क्षेत्रहरुलाई प्रत्यक्ष रुपमा अबलोकन गरि उक्त समस्याहरुलाई नजिक बाट निहाल्ने मौका र आफ्नो ज्ञानको भरपुर प्रयोग गर्ने स्थान पाउनुहुनेछ |

इन्टर्नशिपले तपाईमा भएको क्षमतालाई अझ मजबुत बनाउन र अनुभव बटुल्नुको साथै बायोडाटामा पनि रिफरेन्स प्रदान गर्दछ | इन्टर्नशिप गरिराखेको ठाउँका रोजगारदाताले तपाईमा भएको क्षमता र कार्यकुशलता को ’boutमा नयाँ रोजगारदातालाई बताउन सक्दछन् | इन्टर्नसिप बाट तपाइले आफुलाई चिन्ने अवसर पाउनुहुन्छ; तपाईमा रहेको भित्री प्रश्नको उत्तर पाउनुहुनेछ | जस्तै:

म साच्चै नै यही कामको लागि योग्य छु …?

म यही काम गर्न मन पराउछु वा परिवर्तन गर्न चाहन्छु…?

निस्कर्षमा, इन्टर्नसिप भनेको करियर सुरु गर्ने पहिलो स्थल हो, जहाँ आफ्नो ज्ञान र क्षमताको मात्र प्रयोग नभएर रोजगारदाताहरुबाट धेरै कुराहरु सिक्ने, आफुमा भएका जिज्ञासाहरु मेटाउने अवसर पाउनुहुनेछ | इन्टर्नसिपबाट आर्थिक लाभ नभए पनि तपाइले जीवनभर अध्ययन गरेर पाउन नसकेका अनुभवहरु पाउन सक्नुहुन्छ | कहिलेकाहीँ इन्टर्नसिप नै करियरमा पनि परिणत हुन सक्दछ | इच्छा अनुसारको इन्टर्नसिपले तपाइ जहाँ गए पनि जे गरे पनि करियरको लागि ठुलो टेवा पुर्याउदछ | इच्छामा अआधरित व्यावसायिक जीवनको विकास गर्न इन्टर्नसिपको महत्वपूर्ण भूमिका छ |