SEE पश्चात मेरो छोरा/छोरीहरुको गन्तव्य

एसईई परिक्षार्थिहरु परिक्षाको तयारिमा रहेको पाइन्छ भने अभिभावकहरु परिक्षा पश्चात मेरो छोरा/छोरीहरुले कुन विषय पढ्ने, कुन कलेज भर्ना हुने र विदाको समयमा के सिक्ने भनि चिन्तित रहेको पाइन्छ| हुनत विद्यार्थीहरुको पनि पछी के गर्ने, कसो गर्ने, के पढ्ने भन्ने चासोको विषय हो | यो पालि हामीले अभिभावकको चिन्तालाई सुन्ने कोसिस गरेका छौं | एसईई पश्चात अभिभावकहरुले छोरा/छोरीहरुको करियर सम्बन्धि गरेको योजना थाहा पाउन भक्तपुरमा अबस्थित दश अभिभावक संग अन्तर्वार्ता लिएका छौ |
अनुसन्धानको निष्कर्ष यसप्रकार छ :
चित्र:१

दश जना अभिभावकहरु मध्ये ५० प्रतिशत अभिभावकहरुलाई छोरा/छोरीको इच्छाको विषय जानकारी रहेछ भने ४० प्रतिशतलाई कत्ति पनि थाहा रहेनछ | अभिभावकहरुका अनुसार धेरैजसो छोरा/छोरीहरु कम्पुटर र विज्ञान विषयमा इच्छुक रहेछन् भने प्राय अभिभावकहरु छोरा/छोरीले एसईई सक्काए पछी डाक्टर, इन्जिनियर, आईटि जस्ता विषय पढ़दीय हुन्थ्यो भन्ने आशा राख्नु भएको रहेछ | तर, एक जना अभिभावकले भने छोराछोरीको व्यक्तिगत इच्छा अनुसारको विषयमा पढे हुन्थ्यो भन्ने आशा गर्नु भएको छ | अभिभावकहरुका अनुसार एसईई पुर्व पढाई सम्बन्धित् सम्पूर्ण विषयको निर्णय प्राय विद्यार्थीहरु स्वयंले गरेको बताउनुभयो तर एसईई पश्चात कुन विषय पढ्ने भन्ने कुरामा भने विद्यार्थीहरुले खासै निर्णय गर्न नसकेको पाइयो | विषयहरुको ’boutमा पूर्ण जानकारी नहुनु, खासै भविष्यमा के गर्ने भन्ने कुरामा चासो नदेखाउनु, आफ्नो व्यक्तित्व थाहा नहुनु, र विचलित हुनु निर्णय गर्न नसक्नुको प्रमुख कारणहरु रहेको थियो |

अवश्यपनि १० जना अभिभावकसंगको अन्तर्वार्ताले सम्पूर्ण अभिभावकहरुको छोरा/छोरीहरु प्रतिको योजनालाई सामान्यकरण गर्न सक्दैन | तै पनि यो विषय भनेको हामी अभिभावकहरुको चासोको विषय हो | एसईई पश्चात इच्छित पेशा सम्बन्धित विषय रोज्नु भनेको उनीहरुको करियर सफल र खुसि बनाउने प्रमुख पाईला हो | हामी अभिभावकहरुले छोराछोरीलाई सहि करियर निर्णय गर्न सहयोग गर्न सक्दछौं |
तल दिएका सामान्य प्रश्नहरुको सहयोग बाट पनि एसईई पश्चात छोराछोरीलाई करियर सम्बन्धि सहि निर्णय गर्न सहयोग गर्न सक्दछौं | प्रश्नहरु;
१. मेरो छोराछोरिको इच्छाको विषय के हो ?
२. मेरो छोराछोरीको मुल्य, क्षमता र सम्भावना के के हो?
३. मेरो छोराछोरीले रोजेको करियर प्राप्ति गर्न मेरो आर्थिकस्थितिले भेट्दछ?
४. आर्थिकस्तरले भेट्दैन भने सम्बन्धित विकल्पहरु के के हुन सक्छन्?
५. कतै छोरा छोरीको इच्छालाई पर सारी मेरो इच्छालाई त प्राथमिकता दिएको छैन ?
६. मेरो छोराछोरीलाई नेपालमा उपलब्ध पेशाहरुको ’boutमा थाहा छ ?
७. के मेरो छोरा छोरीले करियर समबन्धि निर्णय गर्न सक्छन् ?
८. निर्णय गर्न सक्दैनन् भने किन सक्दैनन् ?
९. मेरो छोरा/छोरीलाई सहि करियर निर्णय गर्न कसले सहयोग गर्न सक्दछ ?

Comments are closed.