करियर दिशा नेपालमा तपाईलाई स्वागत छ |
सम्पूर्ण नेपाली युवाहरुलाई समग्र रुपमा करियर तथा शैक्षिक मार्गदर्शन गर्न सहयोग गर्ने नेपालकै प्रथम सामाजिक संगठन, करियर दिशा नेपाल हो |
हामीले नेपाली युवाहरुको सहि र उज्ज्वल पेशागत भविश्यको लागि पथ पर्दशन गर्दछौ |
नेपाली विद्यार्थीहरुको अवस्था (सर्वे परिणाम)
- ४९.६%विद्यार्थीहरुले आफ्नो भविष्यका पेशाहरु ५ वटालाई मान्दछन् |(डाक्टर, नर्स, कम्प्युटर सफ्टवेयर, इन्जिनियर, बिजनेस र आर्मी)
- ८५.३%विद्यार्थीहरुलाई आफ्नो व्यक्तित्व र इच्छा अनुसारको पेशा गर्नको लागि काम गर्न कुन विषय पढ्नु पर्छ भन्ने थाहा छैन|
- ९५% अभिभावकहरु आफ्ना छोरा-छोरीहरुको पेशागत करियर(वृति) छनोट गर्न विशेषज्ञको सहयोग चाहन्छन् |
Career Disha Nepal – Crowdfunding 2014(English) from VHS Bhaktapur on Vimeo
सि.डी.एन सेवाहरु
सि.डी.एनले प्रदान गर्ने समाधानहरु
- विद्यार्थीको व्यक्तित्व सुहाउदो शैक्षिक तथा पेशागत निर्णय गर्न सघाउने |
- श्रम बजार र शैक्षिक सम्भाव्यतालाई अझ धेरै पारदर्शीता बनाउने |
- विशेषगरि टि.ई.भि.टि क्षेत्रभित्र पर्ने (व्यावसायिक शिक्षा तथा तालिमहरु) अज्ञात र व्यवास्ता गरिएका पेशाहरुतर्फ प्रोत्साहन गर्ने |
- करिएर (वृति) परामर्शलाई औपचारिक तथा अनौपचारिक शिक्षाको महत्वपूर्ण कडीको रुपमा विकास गर्ने |