लाइफले गरेको सि.डी.टि-सि.ई.एस कार्यक्रममा सि.डी.एन

अन्तराष्ट्रिय श्रम संगठन (ILO), कोरियाली अन्तराष्ट्रिय सहयोगी एजेन्सी (KOICA) र नेपाल श्रम तथा रोजगार मन्त्रालय (MLE)को सहयोगमा श्रम बजार सुचना तथा रोजगारी सेवा (LIfE) परियोजनाले मिति २०७३ साल भाद्र १३ देखि १७ सम्मको ५ दिने प्रशिक्षण कार्यक्रम होटेल भिउ भृकुटी गोदावरी, ललितपुरमा सु – सम्पन्न गरेको थियो |

लाइफले गरेको ‘क्षमता विकाश तालिम: परामर्शकर्ता र रोजगारदाताको सेवाको लागि’ (सि.डी.टि-सि.ई.एस) कार्यक्रममा करियर दिशा नेपाल (सि.डी.एन) को तर्फबाट परमर्शकर्ता हरि कृष्ण दहाल सहभागि हुनुभएको थियो | त्यस्तै गरेर सो सि.डी.आइ-सि.ई.एस कार्यक्रममा लाइफका कर्मचारीहरु तथा रोजगारदाताहरु, साथसाथै करियर परामर्श संग सम्बन्धित अन्य संघ संस्थाहरुका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो |

उक्त प्रशिक्षण कार्यक्रममा, विभिन्न परामर्श विधिहरु, करियर परामर्श, व्यवसायीक परामर्श, रोजगारी परामर्श, परामर्श गर्नलाई आवश्यक पर्ने विधि र प्रविधि को ’boutमा त्यस्तै श्रमदाताहरुले श्रमकर्मीहरुलाई दीनुपर्ने जानकारीहरुको ’boutमा छलफल गरिएको थियो |

करियर परामर्शलाई अझै प्रभावशाली बनाउनको लागि सो कार्यक्रम उपलब्धि मुलक रहेको सि.डी.एन का प्रतिनिधि परामर्शदाता दहालको भनाइ छ | उहाको अनुसार परामर्शको ’boutमा मात्र विस्तृतरुपमा जानकारी नभएर, सि.डी.एन लाई विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसंग चिनाउन, उनीहरूसँग प्रगाढ सम्बन्धको स्थापना गर्ने अवसर पाएको र सम्बन्धित निकायहरुलाई सि.डी.एन संग सहकार्यको लागि पहल गरेको थियो |

Jpeg

Jpeg

Jpeg

Comments are closed.