शिक्षा र शिक्षासंग लुकेका गलत धारणाहरु

व्यक्तिलाई शिक्षित के ले बनाउछ ? कुनै एक विशेष क्षेत्रमा मात्र ज्ञान प्राप्त गरेर व्यक्ति शिक्षित हुदैन |

सामान्यतया शिक्षा भनेको कुनै व्यक्तिले विशेष विषयमा अध्धयन गरेर प्राप्त गरेको ज्ञानको भण्डार हो,  यसले उक्त विषय अन्तर्गतका कुराहरु बुझ्ने क्षमताको विकास गरांउछ | तर ‘करियर दिशा नेपालले’ व्यक्तित्वको लागि केहि कुरा छुटेको महशुस गर्दछ |

सि.डी.यनको अनुसार शिक्षा भनेको कितावी अध्ययन मात्र नभई शिक्षाको परिभाषा पूर्ण रुपमा आत्म पुरक रहेको छ | यसको अर्थ, माथिको शिक्षाको परिभाषा सबै व्यक्तित्वको लागि उपयुक्त हुन सक्दैन | माथिको अबधारणा बाट के निष्कर्ष निकाल्न सकिन्छ भने भौगोलिक, सांस्कृतिक र सिकाई गर्ने प्रक्रियालाई हेर्दा सामान्य परिक्षण प्रणाली सबैको लागि विश्वसनीय नहुन सक्छ | नेपालमा अझै पनि सबैलाई अवसर दिने प्रकारको शिक्षा प्रणाली नभई केहि व्यक्तिलाई मात्र मध्यनजरमा गरेर पाठ्यक्रम तयार गरेको छ |  तर धेरै विद्यार्थीहरुले  शैक्षिकसत्र, एस.एल.सि, +२ इत्यादि भन्दा पनि बढी शिपमुलुक आधारित पाठ्यक्रमहरु रुचाएका छन् | त्यसैले, समाज र सरकारी विद्यालयको प्रयत्न बिना धेरै विद्यार्थीहरु माध्यामिक तह नै उतिर्ण गर्न सक्ने अबस्था छैन |

बालबालिकाको पहिलो सिकाई, पहिलो अक्षर सिक्न थाले बाटनै बालबालिकालाई कितावी ज्ञान प्राप्त गर्न प्रतिस्पर्धी वातावरणमा राखिन्छ, यसरी तल्लो स्तर बाटनै शिक्षाको गलत धारणा सुरु हुन्छ | सो प्रवृति उच्च माध्यमिक तह, सिकाइको अन्त्य नभएसम्म चलिरहन्छ | यस्तो शिक्षा प्रणालीको धेरै नकारात्मक पक्षहरु छन् जस्तै रचनात्मक र काल्पनिक शक्ति गुमाउनु को साथै लोकप्रिय शिक्षालाई पूर्ण रुपमा पिछा गर्नु हो | यस्ता रचनात्मक पक्षहरुलाई कम मात्रामा पुर्व तयारी कक्षामा समावेश गरेको पाइन्छ |

नेपालको वर्तमान परिपेक्षमा हेर्ने हो भने शिक्षण पेशालाई न्यूनतम स्तरको मान्यता दिएको पाइन्छ | हाम्रो समाजमा “अरु कुनै जागिर नपाए पढाएर खाऊला”  भन्ने रुढीवादी भनाइ लाई मानिदै आएको पाइन्छ | यसरी विग्रदै गएको शिक्षण पद्धतिमा आमुल परिवर्तन ल्याउन, सुरुवातमा समाजलाई शिक्षित बनाउन आवश्यकता छ |

धेरै विद्यार्थीहरु उच्च शिक्षा तथा स्नातक तह उत्तीर्ण गरेर पनि जागिर नपाएर फाल्तु बसिरहेका छन् | यस प्रकारको असुरक्षित् शिक्षा पद्धति चलिआएको छ तर ढिला भैसक्दा पनि अहिलेसम्म सुधार गर्न सकेको छैन जसलाई हामीले गहिरिएर सोच्नु पर्ने बेला आएको छ |

थाहा भएर अथवा थाहा नभईकन धेरैजसो विद्यार्थीहरुले औपचारिक शिक्षा प्रणालीलाई अनुशरण गर्ने र  व्यक्तित्व विकासको लागि  महत्वपूर्ण रहेका अरु शैक्षिक विकल्पहरु उदाहरणको लागि अनौपचारिक शिक्षाहरुलाई वेवास्ता गरेको पाइन्छ | अन्तर्राष्ट्रिय श्रम संगठन (आई. एल. ओ) ले नेपालमा गरेको अनुसन्धानको आधारमा १५-२९ वर्ष उमेर समुहका युवाहरु मध्ये स्नातक तह सकेरपनि बेरोजगार रहेको संख्या २६.१ प्रतिशत रहेको पाइयो, जुन अनपढ अथवा औपचारिक रुपमा पढाइ नगरेका मध्ये तिन तिहाई बढी रहेको छ | अनुसन्धानले देखाए अनुसार अशिक्षित भन्दा शिक्षित युवाहरु बेरोजगार पाइयो | यो समस्याको समाधान गर्ने एउटा उपाए भनेको व्यक्तिगत व्यावसायिक विकासको लागि विद्यालय स्तरमानै विभिन्नखाले प्राविधिक तथा व्यावसायिक तालिमहरुको ’boutमा जानकारी दियो भने विद्यार्थीहरुले  भविष्यमा गर्ने पेशाको लागि उपयोगी हुन सक्छ | विद्यार्थीहरुलाई कुनै विशेष विषय रोजाउनु अगाडी ’emको चाहना पत्ता लगाउन जरुरि छ, व्यक्तित्व अनुसार रोजेको विषयमा उनीहरुले प्रगति गर्न सक्दछन् |

हाम्रो शिक्षा प्रणालीले व्यक्तिगत पहल, अनुसन्धान  र रचनात्मकतामा प्रोत्साहन गरेको पाइदैन | विद्यार्थीहरुलाई परिक्षा मार्फत मात्र मापदण्ड गरिने हुदा, यदी कुनै विद्यार्थी परिक्षामा अनुतिर्ण भयो भने अरु विद्यार्थीको तुलनामा उसलाई असक्षम र कमजोर मानिन्छ | उक्त असफल मानिएको विद्यार्थीमा हुन सक्ने अरु सिप र कार्यकौसलातालाई पूर्ण रुपमा उपेक्षित गरिन्छ | व्यक्तिगत तथा व्यवसायिक रुपमा विकास गर्न र सम्भावित अवसरलाई वडावा दिन यो शिक्षा प्रणालीमा क्रन्तिकारी परिवर्तनको आवश्यकता छ |

नेपालको भौगोलिक, आर्थिक र भौतिक पक्षको आधारमा आजका युवाहरुलाई कस्तो किसिमको शिक्षाको आवश्यकता छ भनि बुझ्न धेरै अनुसन्धानको आवश्यकता छ |