सफल जीवनको लागि इच्छाको महत्त्व

“इच्छामा आधारित पेशा क्षेत्र रोज्नुहोस्, तपाइलाई जीवनभर काम गरेको महशुस हुने छैन |” (कन्फुसियस)

किन सफल व्यक्तिहरुले इच्छामा आधारित काम रोज्नुपर्दछ भन्ने पक्षमा सहमत हुन्छन् ? हो, ’emले आफ्नो इच्छालाई मनदेखिनै पछ्याएर सफलताको शिखरमा पुगेका हुन | उनीहरुको सफलताले प्रमाणित गर्छ कि जब व्यक्तिमा भएको सिप, चाहना र इच्छा संग मेल खान्छ, परिणामस्वरुप उपलब्धि हासिल हुन्छ | तर किन इच्छा सफल जीवनमा अर्थ राख्दछ ? पक्कै पनि यो सबैको मनमा उब्जने प्रश्न हो |

इच्छा के हो त ?

हिडी (१९९०) को अनुसार कुनै पनि विषयमा इच्छा छ भने मानसिक तवरबाटनै सिक्न उत्साह बढाउछ जसले गर्दा राम्रो प्रदशन गर्न र उपलब्धि हासिल गर्न मद्धत गर्दछ |

इच्छा किन महत्वपुर्ण छ ?

धेरै मानिसको लागि इच्छानै प्रेरणाको श्रोत र खुसियाली जीवनको आधार हो | इच्छानै व्यावसायिक जीवन छनोट गर्ने महत्वपूर्ण भाग हो | जुनसुकै काम रोज्दा मन परेको छ भने उक्त काममा हामीले एकदमै राम्रो प्रदर्शन गर्न सक्छौ र अझ बढी सिक्न चाहन्छौ | फलस्वरुप, उक्त विषयमा आत्म विश्वासी हुन्छौ | जब आफुलाई मन परेको क्षेत्र रोज्दछौ, अरुको नक्कल गर्न भन्दा पनि त्यो काम पुरा गर्न कठिन परिश्रम गर्दछौ |

सन् २००२ को चाहना, सिकाई र मनोवैज्ञानिक प्रकृया बिच सम्बन्ध विषयको अनुसन्धानले व्यक्तिको प्रतिक्रिया, दृढता र सिकाई एक अर्कामा सम्बन्धित् रहेको देखाएको थियो | अनुसन्धानले बताए अनुसार व्यक्तिको इच्छामा प्रभावकारी र भावनात्मक तत्वहरु हुन्छन् जसलेगर्दा व्यक्तिलाई कुनैपनि क्रियाकलापमा सहभागी हुन तल्लिन बनाउछ | इच्छा र प्रस्तुति बिचको सम्बन्ध पत्ता लगाउनको लागि एक मेटा-विश्लेषणले १८ फरक देशहरुमा अनुसन्धान गरेको थियो जसअनुसार उच्चस्तरको शैक्षिक उपलब्धि हासिल गर्न इच्छा सम्बन्धित् रहेको पाइयो | त्यसकारण, उक्त अनुसन्धानहरुको आधारमा व्यक्तिको शिक्षाको साथ साथै व्यावसायिक जीवनमा इच्छाको भूमिका महत्वपूर्ण रहन्छ |