व्यक्तिगत विवरण (सी.भी) कसरी तयार गर्ने

कुनैपनि पेशामा आवेदन दिनु अगाडि व्यक्तिले जीवनभर प्राप्त गरेको शिक्षा, पेशागत व्यवसायिक कार्य अनुभव र पेशागत तालिम आदि योग्यतालाई विभिन्न ढाँचा र नियमहरुका साथ संक्षिप्तमा व्यक्तिगत विवरण (सी.भी) रोजगारदातालाई प्रस्तुत गर्नुपर्दछ | सी.भी बनाउन आवश्यक पर्ने तत्वहरु छोटकरीमा तल उल्लेख गरिएको छ |

व्यक्तिगत विवरण (सी.भी) के हो ?

तपाईले आर्जन गरेको शिक्षा, व्यवसायिक कार्य अनुभव, क्षमता र पेशागत योग्यतालाई दर्शाउने गरि संक्षिप्त रुपमा तयार पारिएको विवरण, सी.भी हो | सी.भीमा कार्य अनुभव, शैक्षिक योग्यता… प्राप्त गरेको तालिम.., परिचय…, रुचीहरु…, ठेगाना… र भाषागत दक्षता… जस्ता जानकारीहरु समावेश गर्न सक्नुहुन्छ | जसले आवेदकको पुरा जानकारी रोजगारदाता कम्पनिले प्राप्त गर्दछ |

व्यक्तिगत विवरण (सी.भी) किन आवश्यक छ ?

जुनसुकै पेशाहरुमा आवद्ध हुनको लागि तपाईलाई सी.भीको आवश्यकता पर्दछ | कम्पनि तथा संघ संस्थाको आवश्यक पदमा सबै भन्दा छिटो, छरिदो र उपयुक्त कर्मचारी छनोट गर्ने आधारनै सी.भी हो | सी.भी बनिसके पछी योग्यता अनुसारको पेशा गर्नको लागि सम्बन्धित विभिन्न उद्योग तथा संघसंस्थाहरुमा पठाउन सक्नुहुन्छ | तपाईले सम्बन्धित पेशागत अनुभव तथा शिक्षा हासिल गर्ना साथ सी.भीमा थप्दै जान सक्नुहुन्छ |

व्यक्तिगत विवरण (सी.भी) कसरी निर्माण गर्ने ?

व्यक्तिगत विवरण (सीभी) निर्माण गर्ने विभिन्न तरिकाहरु छन्, तर जुनसुकै तरिका अपनाए पनि आवश्यक जानकारीहरु एउटै हुन्छन् | तपाईले सीभीमा उल्लेख गर्नुपर्ने कुराहरु निम्न लिखित छन्:

  • पुरा नाम
  • ठेगाना र टेलिफोन नम्बर
  • उमेर र वैवाहिक स्थिति (यदि बैदेशिक रोजगार हो भने…)
  • शैक्षिक योग्यताहरुको सम्क्षिप्त विवरण
  • कार्य अनुभवको संक्षिप्त विवरण
  • आवश्यक प्रमाणपत्र र कागजातहरु
  • रिफरेन्स (तपाईको क्षमता र योग्यताको ’boutमा बताउन सक्ने व्यक्तिको नाम र सम्पर्क ठेगाना)

माथिको सम्पूर्ण जानकारीहरु तयार गरेपछि इन्टरनेटमा दिएका विभिन्न सीभीका ढाँचाहरु मध्ये आफुलाई मन परेको ढाँचा छनोट गरि प्रयोग गर्न सक्नुहुन्छ | जसले गर्दा सीभी काटछाट गर्ने समय बचत हुन्छ | तलको लिंकमा क्लिक गरेर केही सीभी बनाउने ढाँचाहरु पाउन सक्नुहुन्छ | :http://www.dayjob.com/content/blank-cv-template-630.htm

निष्कर्ष

तपाईको सी.भी संगै प्रेरक आवेदन पत्र पठाउन पनि उत्तिकै महत्वपूर्ण छ |  यो प्रेरक पत्रमा सम्बन्धित कम्पनि तथा संघसंस्थामा तपाईले काम गर्न चाहनुको कारणहरु र प्रेरणाको श्रोत उल्लेख गर्नु पर्ने छ | रोजगारदाताले मागे बमोजिम यो पत्र र सीभी संगै इमेल गरेर वा लिखितरुपमा हुलाकबाट पठाएर वा सम्बन्धित निकायमा स्वयंले पुर्याउनु पर्दछ |

तपाईले आवेदन गरेको पेशा प्राप्त गर्ने एउटा आधार सी.भी भएकोले सी.भीमा पेशा सम्बन्धित आवश्यक र आफूसँग भएको योग्यता र क्षमता मात्र उल्लेख गर्नु पर्दछ | रोजगारदाताले तपाईको सीभीमा उल्लेख गरेको व्यक्ति (रिफरेन्स)लाई सम्पर्क गरि तपाईको व्यक्तिगत वा व्यावसायिक पेशा संग सम्बन्धित प्रश्नहरु गर्न सक्दछ जसले आवेदन गरेको पेशामा प्रभाव पार्न सक्दछन् | त्यसैले सी.भीमा इमान्दारीपूर्वक आफ्नो विवरण उल्लेख गर्नु पर्दछ |

यदि तपाई अन्तरवार्ताको लागि छनोट हुनुभयो भने सी.भीमा उल्लेखित सम्पूर्ण जानकारीहरु मन देखिनै जान्नु आवश्यक छ | तपाईले प्राप्त गरिसकेका शैक्षिक योग्यता र पेशागत अनुभवहरु निर्धक्कसँग अन्तरवार्तामा प्रश्नकर्तालाई बताउनुपर्दछ |

sign up now …

Comments are closed.