स्व: अध्यनलाई प्रभावकारी बनाउने विधिहरु

दशकौं देखि मानिसहरुले सिकाई कसरि गर्दछन् भनि विविध अध्यन गर्दै आएको पाइन्छ | सिकाइ भनेको जीवन पर्यन्त चल्ने प्रक्रिया हो | मानिसहरुले जीवनको हरेक क्षणमा ज्ञात वा अज्ञात रुपमा सिकिरहेका हुन्छन् | प्राय, जसले पनि अरुको लागि नभई आफ्नै लागि सिक्ने गरेको पाइन्छ  | सिकाइलाई प्रभावकारी बनाउने धेरै विधि र तरिकाहरु छन्, त्यसमध्ये तपाईले गरेको अध्यनबाट अधिकतम प्रतिफल हासिल गर्नको लागि आवश्यक तत्वहरुको ’boutमा जानकार रहनु जरुरी हुन्छ जुन तल उल्लेख गरिएको छन् |
सिकाईका सिद्धान्तहरु                                                 

प्राय लक्ष्य विनाको सिकाईको कुनै अर्थ हुदैन | तपाईले लिएको लक्ष्य प्राप्त गर्नको लागि, जे जति पनि सिकाईको आवश्यकता पर्दछ ति कुराहरु तपाईले कुनैपनि अवस्थामा सिक्नुनै हुन्छ | यसरीनै, तपाईको लक्ष्यको आवश्यकताहरुको परिपूर्ति सिकाई प्रक्रियाबाट पूर्ण गरिरहेको हुन्छ | सिकाई एउटा लक्ष्य प्राप्तिको आरम्भ हो, जुनकुनै सिकाई गर्नु पुर्व सम्बन्धित विषयको ज्ञान प्राप्त गर्नुको व्यक्तिगत कारणहरु पत्ता लाउनुहोस् | व्यक्तिगत कारणहरुको खोजले तपाईको जीवनमा अध्यनले राख्ने औचित्य महसुस गर्न सक्नुहुन्छ | आफुमा भएको विषयवस्तु संग सम्बन्धित ज्ञान र क्षमता, सिपहरुलाई सिकाई पश्चात् आफुलाई भविष्यमा कहाँ पाउनुहुन्छ, कस्तो विकास भएको महसुस् गर्नुहुन्छ, कल्पना गर्नुहोस् | तपाईले आज राखेका आशाहरुनै तपाईको भविष्यमा प्राप्त हुने लक्ष्यहरुको भविष्यवाणी हो | तपाईले जे आशा गर्नुहुन्छ त्यो नै प्राप्त गर्नुहुन्छ | तपाईले व्यवस्थित तरिकाले सिकाई गर्दा धेरैकुरा सिक्न सक्ने हुनाले सिकाईलाई बढी प्रभावकारी बनाउन आफुलाई शान्त मुद्रामा राख्नु पर्दछ |

सिकाईलाई बढी प्रभावकारी बनाउने कला वा तरिका

तपाईले दस वर्ष विद्यालयमा पठनपाठन गरे पनि व्यक्तिगतरुपमा नयाँ विषय सजिलैसँग कसरी सिक्नुहुन्छ भनि शायद उल्लेख गरेको पाइदैन | सर्वप्रथम त तपाईले अध्यन गर्ने ठाउँ अन्य हो-हल्ला रहित व्यवस्थित किसिमको हुनुपर्दछ | तपाईले सिक्न चाहेको कुरालाई आवश्यक शिक्षण सामाग्रीहरुको संकलन र अनुसन्धान गर्न इन्टरनेटको प्रयोग गरि खोज्न सक्नुहुन्छ | त्यसपछि उक्त समाधानलाई सानो-सानो भागमा छुट्टाई जुन भाग बाट पनि सिक्न सक्नुहुन्छ | यसरी संरचनागत ढङ्गले सिकाई गरेमा जो कोहिले पनि छिटो सिक्न सक्दछन् | त्यसैले तपाईको सिकाई प्रभावकारी बनाउनको लागि केही समय कसरी सिक्ने भनि व्यवस्थापनमा खर्चिनुहोस् | हरेक टुक्र्याईएका भागहरु हेर्नु अघि र पछी किन, के र कसरी भनि आफैलाई प्रश्न गरि समाधानका लागि क्रमानुसार कार्यतालिका बनाउनुहोस् | तपाईले पढीसकेको खण्डमा र महत्वपूर्ण जानकारीहरुमा चिन्ह लगाउनुहोस् | तपाईको शिक्षण सामग्रीहरुको सारांस मौखिक रुपमा

भन्नुहोस् | यता उता हिड्दै पढ्नुहोस् वा सुन्नुहोस् | महत्वपूर्ण कुराहरुलाई छुटै कपि, बोर्ड वा भित्तामा पोस्टर बनाएर वारम्वार देखिने र हेर्दा खेरि वुझिने गरि चित्रण वा लिखित भाषा प्रयोग गरि टिप्नुहोस् | आफ्नै शब्दमा निष्कर्ष लेख्नुहोस् | आफ्नो साथीसंग के सिकेउ भनि एक अर्कालाई प्रश्न-उत्तर गर्नुहोस् | लगातार पढिरहनु भन्दा पनि केही समयको अन्तरालमा विश्राम गर्दै दिमागलाई शान्त रहन मद्दत गर्ने क्रियाकलापहरु, पैदल यात्रा गर्न, केही खान वा अन्य कुरा गर्न सक्नुहुन्छ |

तपाईले सिकाईलाई प्रभावकारी बनाउन अन्य माध्यमहरु पनि प्रयोग गर्न सक्नुहुन्छ | ति मध्ये तपाईलाई जुन बढी उपयुक्त लाग्छ त्यहि विधिलाई नै पछ्याउन सक्नुहुन्छ |  नविर्सनूहोस् ! सिकाई र कमाइ एक अर्कामा सम्बन्धित छन् | सम्बन्धित विषयमा जसले धेरै कुरा सिक्दछ र जीवन पर्यन्त निरन्तर सिकाईमा लागि पर्दछ, उसलेनै व्यवसायिक पेशागत भविष्यमा सफलता हासिल गर्दछन् |

Comments are closed.