अभिभावक

धेरैजसो अभिभावकहरुमा आफ्ना बालबालिकाहरुको राम्रो शिक्षा र पेशागत भविष्य होस् भन्ने धेरै आशा गर्दछन् | हाम्रो समाजमा उच्च स्तर मानिएका केही पेशाहरु जस्तै डक्टर, पाइलट तथा इन्जिनियरहरुले मात्र राम्रा पेशागत भविष्य दिन्छन् भन्ने मान्यता छ | तर प्राकृतिक रुपमानै हरेक व्यक्ति एक अर्कामा फरक इच्छा र क्षमता बोकेका हुन्छन् | प्राय अभिभावकहरुलाई स्थानीय स्थरमा उपलब्ध श्रमबजार र पेशागत भविष्यको ’boutमा विस्तृत जानकारी छैन | कहिलेकाहीँ बालबालिकको सफलता र अभिभाबकको उच्च स्तरको आशाले गर्दा सहि शैक्षिक तथा व्यावसायिक जीवन बीच अक्सर मेल खादैन | केहि बालबालिकाहरुले पेशागत भविष्य आफ्नो इच्छाको आधारमा नरोजी अभिभाबकको चाहनाको आधारमा रोजेका हुन्छन् | उदाहरणको लागि एक युवा कलाकार बन्न चाहन्छ, भने उसको अभिभावकले डाक्टर बनाउन चाहन्छ | परिणामस्वरूप उक्त युवा कुनै पनि काममा सफल बन्न नसकी निराशाजनक जीवन यापन गर्दछ | हाम्रो वरिपरी धेरै मानिसहरु आफ्नो इच्छाले नभई अरुको चाहनामा काम गरेको भेटिन्छन् | एउटा करियर (वृति) निर्देशकको नाताले हामी अभिभावकहरुलाई बालबालिकाहरुको चाहना अनुसारको पेशागत भविष्य रोज्न दिनुहोस् भन्ने सल्लाह दिन्छौ, जसले गर्दा बालबालिकाहरुले शैक्षिक र पेशागत भविष्य बिचको सम्बन्धलाई राम्रो संग बुझ्न सक्दछन् | श्रम बजारको ’boutमा बालबालिकाहरुलाई राम्रो जानकारी भयो भने आफ्नो सपना अनुसारको शैक्षिक पेशागत भविष्य रोज्न तथा रोजगारीको अवसर प्राप्त गर्न सहज हुनेछ |