मार्कसिटमा खराव परिणाम आउनुको सम्भावित कारणहरु

प्राय, अभिभावकहरुले आफ्नो बालबालिकालाई करियर दिशा नेपालमा करियर परामर्शको लागि ल्याएको देख्दा अमेरिकन जेन डी. हलको भनाईलाई सम्झना गराएको छ | राजनीतिज्ञ जेन डी. हलको अनुसार “बालबालिकाको सफल जीवन प्राप्तिको लागि अभिभावकहरुको प्रोत्साहन, सकारात्मक संलग्नता नै आधारभूत तत्व हो |”  अभिभावकको प्रोत्साहन, सहयोग र समभावपूर्ण संचारले बालबालिकाको करियर र शैक्षिक जीवनमा चामत्कारीक रुपमा सकारात्मक परिवर्तनको लागि प्रमुख भूमिका खेलेको हुन्छ | हामीले बालबालिकाको मार्कसिटमा परिणाम राम्रो नहुनुको कारणहरु र त्यो अवस्थालाई अभिभावकहरुले कसरि हल गर्ने भनि उल्लेख गर्न खोजेका छौ |

परिक्षामा अनुतिर्ण हुनुको केही मानसिक अनुमानहरु

विद्यालयमा विद्यार्थीले प्राप्त गरेको परिक्षाको परिणाम, विद्यार्थीले शैक्षिक गतिविधिमा प्राप्त गरेको प्रगति विवरण मानिन्छ | साथै परिक्षामा कम अंक ल्याउनु वा अनुतिर्ण हुनु भनेको विद्यार्थीको शैक्षिक उपलब्धि नहुनु वा असफल हुनु हो भन्ने मान्यता पनि रहदै आएको छ | प्राय हाम्रो समाजमा, वार्षिक परिक्षामा ल्याएको परिणामको आधारमा नै विद्यार्थीको शैक्षिक गुणस्तर मापन गर्नुको साथै व्यावसायिक र शैक्षिक सफलता हासिल गर्ने प्रमुख आधार मानेको पाइन्छ | यदि बालबालिकाको मार्कसिटमा खराव परिणाम आएमा अभिभावकहरु उनीहरुको करियर र शैक्षिक भविष्य प्रति चिन्तित रहेको पाइन्छ | यदि बालबालिकाहरुको मार्कसिटमा खराव परिणाम आएको खण्डमा, परिक्षाको राम्रो तयारी नगरेर, गृहकार्य समापन गर्नमा हेल हेलचक्र्याइ गरेर, र पढाईमा लापरबाही गरेर जस्ता केही आरोपहरु लगाउने गरेको पाइन्छ | सर्वप्रथम त तपाईको बालबालिकाको व्यवहार, मुल्य, क्षमताहरुलाई शैक्षिक वातावरणले पनि प्रभाव पारेको हुन्छ | जन्मजातनै हरेक वालवालिका एक अर्कामा फरक प्रकृतिको व्यक्तित्व, क्षमता र चाहनाहरु बोकेका हुन्छन् | तर पनि प्राय विद्यार्थीहरुले आफुमा रहेका क्षमता र चाहनाहरु चिन्न नसकी श्रम बजारमा केही चर्चित रहेका विषयहरु मात्र छनोट गरेको पाइन्छ भने केहीलाई अरुको सिफारिसमा विषय छनोट गरेको पाइन्छ | जसले गर्दा उनीहरुले सम्बन्धित विषयमा पूर्ण रुपमा ध्यान केन्द्रित हुन नसकेको पाइन्छ | केही विद्यार्थीमा भने सम्बन्धित विषयमा आफु पूर्ण रुपमा विज्ञ छु भन्ने आवश्यक भन्दा बढी आत्मविश्वास बोकेको पाइन्छ | त्यस्तैगरि केही विद्यार्थीहरुमा भोलिवादी संस्कृति रहेको पाइन्छ, जवकी भोलि कहिलै पनि आउदैन | केही विद्यार्थीमा कसरी विषयवस्तुतर्फ केन्द्रित हुने र बुझ्ने उपायहरु थाहा नभएको पाइन्छ | त्यसैले सम्बन्धित विषयवस्तुमा ध्यान केन्द्रित नगरी अध्ययन गर्दा गुणस्तरीय सिकाइ नहुन सक्छ | परिक्षाको प्रश्नावलीहरुको उत्तर दिने क्रममा कमजोर समय तालिका बनाउनु, प्रश्नहरु नबुझिकन उत्तर लेख्नु, परिक्षा दिने क्रममा आत्तिनु, र स्वास्थ्य समस्याहरु हुनु, सिकाई गर्दा निर्देशन दिने मान्छे नहुनु, लागु औषधमा लाग्नु जस्ता कारणहरु गर्दा पनि परिक्षाको परिणाम कमजोर वा अनुतिर्ण भएको पाइन्छ | अर्को तर्फ विद्यालयको शैक्षिक र पारिवारिक वातावरणले गर्दा पनि विद्यार्थीहरुको अध्ययनमा प्रभाव पारिरहेको हुन्छ |

यी समस्याहरुलाई न्यूनीकरण गर्नकोलागि अभिभावकहरुले अपनाउन सक्ने केही उपायहरु :

कहिलेकहिँ अभिभावकहरुले बालबालिकाहरुको परिणाम हेरी आतंकित तरिकाले देखा पर्दछन् | बालबालिकाले सामाजिक र मानसिक रुपमा सजाय दिनु भन्दा पनि घटनाको पृष्ठभूमि, किन र कसरि, बुझ्नु आवश्यक हुन्छ | कहिले काही बालबालिकाहरुले आफु अभिभावकको सजाय बाट जोगिन मार्कसिट लुकाउने गरेको पनि पाइन्छ |  परिक्षाको परीणाम नराम्रो आएर सजाय दिनाले बालबालिकाहरुको अन्य व्यवहारमा पनि प्रतिकुल असर पर्न सक्छ | गलत निर्देशन गर्नाले बालबालिकाहरुको सिकाइ प्रभावकारी हुन सक्दैन उल्टै अन्य समस्याहरु बढ्न सक्छ |

यदि तपाईको बालबालिकाहरुको मार्कसिटमा खराव परिणाम आएको छ भने सकारात्मक तरिकाबाट अभिप्रेरित गर्नुहोस् | उनीहरुलाई मानसिक र शारीरिक तनाव दिनु भन्दा पनि उनीहरुको समस्याहरु सुन्नुहोस्, कसरि समस्यालाई निर्मुल गर्ने भनि उपाएहरु पत्ता लगाउनुहोस् | उनीहरुलाई प्रेरित गर्नु, उनीहरुमा रहेको क्षमता, चाहानाहरुलाई चिन्न मद्दत गर्नु, उनीहरु राम्रो रहेको विषयमा अझ प्रेरित गराउनु पर्दछ | बालबालिकाहरुको बानि व्यवहारमा निगरानी राख्नु पर्दछ | कमजोर परिक्षा परिणाम ल्याउनु वा अनुतिर्ण हुनुको कारणहरु पत्ता लगाउनु पर्दछ |  यदि कारणहरु पत्ता लगाउन कठिन भएको अवस्थामा समाधानको लागि शैक्षिक वा करियर परामर्शको सहयोग लिनु पर्दछ |  अभिभावकनै बालबालिकाहरुको विश्वसनीय पात्र भएको हुनाले उनीहरुलाई स्वस्थ वातावरण प्रदान गर्नु पर्ने हुन्छ | तपाईको बालबालिकाहरुले प्राकृतिक रुपमानै विविध क्षमता बोकेको हुनाले ति क्षमताहरु पत्ता लगाई ’emको विकास गर्न सघाउनुहोस् | हरेक कुरालाई सही तरिकाले अभ्यास गरेमा असम्भव केही छैन |

Comments are closed.