उच्च तहमा विषय छनोट गर्न सघाउने चारवटा सुझावहरु

तपाईले भविष्यमा के गर्न चाहनुहुन्छ ? के तपाईलाई यो प्रश्नको उत्तर थाहा छ वा छैन ? आफ्नो व्यवसायिक जीवनमा के गर्ने, के पढ्ने, र अन्य महत्वपूर्ण निर्णय लिन कठिन पर्छ ? यदि पर्छ भने तपाई मात्र एक्लो व्यक्तित्व भने होइन | तर पनि १० कक्षा उतिर्ण गरेका विद्यार्थीहरुको लागि भने अब के गर्ने बन्ने विषयमा बढी अन्योलता हुन सक्दछ | ’cause यो समय भनेको निश्चित करियर क्षेत्र छनोटको लागि सम्बन्धित विषय छनोट गर्ने पहिलो खुड्किलो हो | यदि तपाईलाई भविष्यमा के गर्ने भन्ने कुरा थाहा छैन भने उपलब्ध विषयहरु, व्यवस्थापन, स्वास्थ्य, संचार तथा प्रविधि र अन्य हजारौं विषयहरु मध्ये एउटा विषय कसरि छनोट गर्नुहुन्छ?

उच्च तहमा शैक्षिक विषय छनोट गर्नको लागि करियर दिशा नेपालसंग चारवटा सामान्य सुझावहरु छन् :

१. आत्म मूल्यांकन:

सामान्यतया तपाईलाई के गर्न मन लाग्छ ? तपाईले कुन काम गर्दा धेरै मेहेनत लगाउनुहुन्छ ? कुन काम गर्दा तपाईलाई रमाइलो लाग्दछ ? तपाईले के बन्ने सपना देख्नुहुन्छ ?  सामान्यतया, यी प्रश्नहरु बेवास्ता गरिएका र उत्तर दिन कठिन मानिएको पाइन्छ | तर पनि यदि कसैले तपाईलाई भविष्यमा के गर्न चाहनुहुन्छ भनि प्रश्न गरेको खण्डमा के उत्तर दिने भनि सोच्दा पनि स्वयंलाई नजिकबाट चिन्ने मौका पाउनुहुन्छ | साथसाथै यी प्रश्नहरुले आत्ममूल्यांकन प्रक्रियालाई पनि सरल बनाउन सहयोग गर्दछ | यी प्रश्नहरुको उत्तर थाहा पाउनु भयो भने उच्च तहमा कुन विषय पढ्दा उपयुक्त हुन्छ भन्ने कुरा थाहा पाउनुहुन्छ |

२. तेश्रो व्यक्तिबाट मूल्यांकन:

हाम्रो दोश्रो सुझाव भनेको पहिलो सुझाव संग सम्बन्धित रहन्छ जहाँ तपाईले प्राप्त क्रियाकलापलाई निरन्तरता दिनु पर्ने हुन्छ | यदि  स्वयं आत्म मूल्यांकन गर्न असमर्थ हुनुहुन्छ भने तेश्रो व्यक्तिहरु, साथीहरु वा परिवारको सहायता लिन सक्नुहुन्छ | तपाईको हरेक बानी व्यवहार थाहा पाएका परिवारहरुले तपाईमा भएको तर तपाईलाई याद नभएका क्षमताहरु पत्ता लगाउन  सक्दछन् | उदाहरणको लागि तपाईले कुनै भोज तथा समारोहमा गरेको व्यवस्थापन, बाल्यकालमा गरेका क्रियाकलापहरु, जस्तै विभिन्न  खेलौनाहरुको माग गर्ने, बिग्रेको खेलौनालाई पुन निर्माण गर्ने जस्ता तपाईले गरेका क्रियाकलापहरु परिवारले अवलोकन गरेर तपाईको व्यक्तित्वको ’boutमा बताउन सक्दछन् | यदि तपाईलाई अहिलेनै सल्लाह दिने तेश्रो व्यक्ति नभएमा यो लिंकमा क्लिक गरि http://assessment.careerdishanepal.org/ अनलाइन व्यक्तित्व मुल्यांकन पनि गर्न पनि सक्नुहुन्छ |  यसको साथै व्यवसायिक परामर्श कर्ता संग पनि सल्लाह लिन सक्नुहुन्छ | जसले तपाईसंग केही समय कुरा गरि तपाईको व्यक्तित्व, इच्छा, क्षमता पत्ता लगाई सुहाउदो पेशाहरु सिफारिस गर्दछन् |

३. तपाईले प्राप्त गरेको ग्रेडलाई मध्यनजर गर्नुहोस्:

तपाईको अन्तिम मार्कसिटले पनि तपाईको ’boutमा केही कुराहरु देखाएको हुन्छ | पहिलो कुरा त कलेज तथा विश्वविद्यालयमा प्रवेश परिक्षा दिनको लागि आधारभूत आवश्यकता पुरा भयो कि भएन भनि थाहा पाउन | त्यस्तैगरी, प्रत्येक विषयको प्राप्तांकले कुन विषयमा बढी चनाखो छ भन्ने कुरा देखाउछ |  उदाहरणको लागि यदि तपाईको प्राप्तांक भौतिक शास्त्रमा कम छ भने तपाईले उक्त विषय संग सम्बन्धित इन्जिनियरिंग र सूचना तथा प्रविधि क्षेत्र सम्बन्धि विषयहरु छनोट गर्दा उपयुक्त नहुन सक्छ |  अवश्यपनि माथिका उदाहरणहरु भनेका हाम्रो जीवनमा भईरहेका घटनाहरु हुन् | तर पनि मार्कसिटमा हेर्दा तपाईले उक्त विषयमा कक्षाकोठामा गरेका क्रियाकलापहरुको याद गराउछ जसले तपाईलाई गर्न मन पर्ने कुरा र मन नपर्ने कुरा थाहा पाउन सहयोग गर्दछ |

४. पाहिला अघि बढाउनुहोस्:

यदि तपाईले प्रारम्भिक सुझावहरुलाई मनन गरिसक्नु भएको छ भने सम्भावित विषयहरु छनोट गरिसकेको हुनुपर्छ | हाम्रो अन्तिम सुझावले तपाईलाई मन परेको विषय पढाउने कलेज तथा विश्वविद्यालयमा सम्भवत पढ्न चाहेको कक्षाहरु लिन आग्रह गर्दछ | जसले सुरुमानै तपाईलाई विषयवस्तु सम्बन्धि गहिरो प्रभाव पार्दछ | त्यस्तैगरी कलेज तथा विश्वविद्यालयको दैनिकी पनि बुझ्न सक्नुहुन्छ | यदि तपाईले छनोट गर्न लागेको विषयवस्तु सम्बन्धि थप जानाकारी जान्न मन लागेका उपलब्ध व्यक्तिहरु, शिक्षक, माथिल्लो तहका विद्यार्थीहरुलाई सोधपुछ गरेर सत्य तथ्य कुराहरु थाहा पाउन सक्नु हुन्छ | अथवा यो लिंकमा गएर शिक्षा र करियर सम्बन्धि जानकारी लिन सक्नुहन्छ | https://jobedudb.careerdishanepal.org/ अन्त्यमा, यदि तपाईले उक्त कलेज तथा विश्वविद्यालयमा पढ्ने निर्णय गरिसक्नु भयो भने पहिलो सेमेस्टर प्रणालीमा नबुझेको कुराहरु साथीहरुसंग पनि बुझ्न सक्नुहुन्छ |

तपाईले यो सुझावहरुलाई मनन गर्नु भयो भने तपाईको सफल भविष्यको लागि फाइदै फाईदा हुनेछ |

Comments are closed.