गुणस्तरीय शिक्षाको अर्थ

“गुणस्तरीय क्षिक्षा आजको आवश्यकता” यो नारा हामीले सुन्दै आइरहेका छौ | तर  गुणस्तरीय शिक्षाको अर्थ के हो?… कुन कलेज वा विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दछ?… जस्ता प्रश्नहरुको उत्तरमा भने प्राय अनविज्ञनै रहेको पाइन्छ | करियर दिशा नेपालले प्रदान गर्ने करियर सम्बन्धि सेवाहरु मध्ये ‘करियर परामर्श सत्र’मा पनि विद्यार्थीहरुले माथिका प्रश्नहरु सोध्ने गरेका छन्  | गुणस्तरीय शिक्षा हासिल गर्न विभिन्न तत्वहरुले प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ | कलेज वा विश्वविद्यालयहरुको महँगो शैक्षिक शुल्क हुदैमा गुणस्तरीय शिक्षा प्रदान गर्दछ भन्ने चाई होइन | शुल्कको आधारमा शिक्षाको गुणस्तर भने मापन गर्न सकिदैन |

युनिसेफ (UNICEF)ले विद्यार्थीहरुको वाह्य अनुभव, सिकाइ गर्ने वातावरण, शैक्षिक विषयवस्तु, सिकाइ प्रक्रिया  र शैक्षिक परिणाम, जस्ता पाँचवटा तत्वहरुको आधारमा गुणस्तरीय शिक्षालाई परिभाषित गरेको छ | विद्यार्थीहरु स्वस्थ, राम्रो पालन पोषण भएको, सिकाइको लागि विद्यार्थी स्वयम अग्रसर रहनुको साथै समाज र परिवारले पनि अध्ययन क्रियाकलापमा पूर्ण सहयोग गरेको हुनुपर्दछ | सिकाई क्रियाकलाप  स्वस्थ, सुरक्षित, आधारभूत सुविधा सम्पन्न र सौहार्दपूर्ण वातावरणमा हुनुपर्दछ | शिक्षण विधि विद्यार्थी मैत्री हुनु पर्दछ, शैक्षिक विषयवस्तु विद्यार्थीहरुको उमेर अनुसार सान्दर्भिक, व्यवस्थित कक्षाकोठा र विद्यालय, उपयुक्त शिक्षण विधि र शिक्षकको प्रस्तुतीकरण राम्रो हुनुपर्दछ | सिकाइको परिणामले सामाजिक समस्याहरुको समाधानमा सहभागिता बढाउने र स्वास्थ्य, पोषणको ’boutमा आधारभूत ज्ञान प्रदान गर्न सक्नु पर्दछ | विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शैक्षिक सँस्थाहरुले माथिका पाँचवटा तत्वहरुमा ध्यान दिनु पर्दछ | शिक्षाको गुणस्तर मापन गर्नको लागि परिक्षाको परिणाम जाचबुझ गरिन्छ | विद्यार्थीको शैक्षिक उपलब्धि, उनीहरुको उमेर, शैक्षिकस्तर र राष्ट्रिय मापदण्ड अनुसारको हुनु पर्दछ |

उच्च गुणस्तरीय शिक्षा सूचक

विद्यार्थीलाई उपयुक्त हुने खालको शिक्षाको खोजि वा सिफारिस गर्ने प्रमुख व्यक्ति शिक्षकहरुनै हुन् | स्थानीय स्तरको शिक्षकहरु अन्तराष्ट्रिय स्थरको शिक्षकहरुसंग कसरी सम्बन्धित छन् ?… के स्थानीय स्थरको शिक्षकहरुलाई विद्यालयले शिक्षण सम्बन्धि तालिम प्रदान गर्दछ ?… कहिलेकाही शिक्षकहरुलाई निम्न स्थरको तलव, कमजोर सामाजिक र पेशागत सम्मानले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न यी कारणहरुले प्रभाव पार्दछ | शिक्षकहरुले आफुले पढाउने विषयको मात्र आधारभूत शिक्षा प्रदान गर्ने तर विद्यार्थीहरुलाई रचनात्मक क्षमता विकास तिर प्रोत्साहन गरेको पाइदैन | कक्षाकोठामा प्रयोग गरिने शिक्षण विधिहरुले पनि गुणस्तरीय शिक्षामा प्रभाव पारेको हुन्छ | विद्यालयमा शिक्षण सिकाई विधिहरु मध्ये कुन शिक्षण विधिलाई प्राथमिकता दिन्छन् सो कुरालाई पनि मध्यनजर गरेर रचनात्मक क्षमता वृद्धि गर्ने विद्यालय रोज्नुपर्दछ |

अष्ट्रियाका नोबेल पुरस्कार विजेता अल्बर्ट आइन्स्टाइन ले ‘गुणस्तरीय शिक्षा’को अर्थ यसरी दिएका छन् |  “शिक्षा भनेको विषयवस्तुको तथ्य जान्नु मात्र नभई रचनात्मक क्षमता वृद्धि गराउने तालिम हो |” त्यसैले त्यस्तो खालको कलेज रोज जहाँ सम्बन्धित पाठ्यपुस्तकको ज्ञान हासिल गर्नुमा मात्र सिमित नभई सृजनशीलता पनि वृद्धि गर्न सकियोस |

Comments are closed.