युवा

के तपाई विद्यालय स्तरको शिक्षा सक्काएर सफल भविष्यको लागि अब के गर्ने भनेर अन्योलमा हुनुहुन्छ? त्यसोभए तपाई ठिक ठाउँमा हुनुहुन्छ | करियर (वृति) दिशा नेपालले तपाईको सफल पेशागत भविष्य रोज्न सहयोग गर्नेछ |

केहि युवाहरुमा  शिक्षा भनेको के हो भन्ने ’boutमा गलत धारणाहरु छन् जुन हामीले सुल्झाउन सहयोग गर्नेछौ | शिक्षाका गलत धारणाहरु मध्य एउटा, बिना एसएलसि नेपालमा केहि भविष्य छैन भन्ने सोच हो | हामी तपाइहरुलाई एसएलसिमा अनुतिर्ण भएपनि सफल पेशागत जीवन बनाउन कुनै समस्या पर्दैन भनि विस्वस्थ बनाउनेछौं | त्यस्तै गरेर उच्च शिक्षा पढ्ने बेलामा लिङ्गका आधारमा शिक्षा रोज्ने परम्परागत धारणा अजै पनि प्रचलनमा छ | सूचना तथा प्रविधि शिक्षा क्षेत्र पुरुषको लागि मात्र हो भन्ने अर्को गलत धारणा रहिआएको पाइन्छ |  सूचना तथा प्रविधि विषयमा पुरुषको प्रभुत्व बढी र महिलाको कम अथवा नरहेको पाइन्छ | तर सूचना तथा प्रविधि क्षेत्र पुरुषको लागी मात्र सिमित नभएर महिलाको पनि धेरै सम्भावना र चासोको विषय हुन सक्छ | शिक्षा रोज्दा लैंगिक हिसाबले नभईकन इच्छा को आधारमा हुनुपर्दछ | वर्तमान परिप्रेक्ष्यमा हेर्ने हो भने नेपाली महिलाको सूचना तथा प्रविधि क्षेत्रमा संलग्नता उनीहरुको बढ्दो सहभागिताले सिद्ध गर्दछ | नेपालमा धेरैजसो शिक्षित युवाहरु बेरोजगार रहेको पाइन्छ, युवा अवस्थामा उनीहरु अब के गर्ने; नेपालमा जागिर खोज्ने… वा पढाईलाई निरन्तरता दिने… भनि भौतारिरहेका हुन्छन् | इन्टर्नशिपको माध्यमबाट, तपाईले आफ्नो विचारहरु प्रस्फुटन गर्ने अनुभव बटुल्न सक्नुहुन्छ: आफुले चाहेको क्षेत्रलाई आवश्यक पर्ने गुणहरु आफुमा विकास गर्न सक्नुहुन्छ | केहि युवाहरुमा, इन्टर्नशिप, कसरी पेशागत करियर रोज्न सहयोगी हुन्छ भन्ने ’boutमा थाहा नभएको पाइन्छ | इन्टर्नशिप भनेको आफ्नो इच्छा बुझ्ने र भविष्यमा गर्ने पेशालाई आवश्यक क्षमता र कौशलता अभिवृद्धि गर्ने एउटा विकल्प हो | इन्टर्नशिपले तपाईमा हिम्मत बढाउन सहयोग गर्दछ| यसले सामाजिक समस्याहरु र पेशागत क्षेत्रहरुलाई प्रत्यक्ष रुपमा अबलोकन गरि उक्त समस्याहरुलाई नजिक बाट निहाल्ने मौका पाउनुको साथै आफ्नो ज्ञानको भरपुर प्रयोग गर्ने स्थान बन्छ |

संसार साँघुरिदै गएको छ, हामी एक विश्वव्यापी गाउँमा बसोबास गर्दछौं, जहाँ एक देशबाट अर्को देशमा फरक उद्देश्यहरु प्राप्त गर्न, रोजगारी तथा व्यापार गर्न, घुम्न तथा पढ्न आउनेजाने गरिन्छ | नेपालको सन्दर्भमा पनि वैदेशिक रोजगार तथा शिक्षाकोलागी विदेशिने क्रम बढ्दो छ | विदेशमा भोग्नुपरेको दुख कस्ट हामीले सुन्दै आएका छौ | यदी तपाई पनि विदेशिनु अगाडि त्यहाँ गएर आफ्नो जीवन समस्या रहित होस् भन्ने चाहनुहुन्छ भने यी १० कुराहरु नेपालमा गर्नुहोस् |