उचित व्यवसाय छनोट गर्नुको महत्व

गत वर्षमा मात्र ८,२०४ जनाले सरकारी संगठन तथा निजि संस्थामा आफुलाई नियुक्ति होस् भन्ने चाहनाका साथ इन्जीनियरिंगमा स्नातक पार गरेका थिए | त्यस मध्ये केहिले स्वतन्त्र भएर धेरै संस्थामा काम गर्ने भनि स्नातकतह पार गरेका हुन् | तर ८,२०४ मध्ये जम्मा २० प्रतिशतको मात्र सपना साकार भएको छ | यसको अर्थ ६००० भन्दा बढी इन्जीनियरहरु हातमा स्नातकतह पार गरेको प्रमाणपत्र बाहेक सो क्षेत्रमा व्यावसायिक जीवन हासिल गर्न सकेका छैनन् | दुखलाग्दो कुरात यो छ कि हरेक वर्ष यसरीनै सपना बोकेका हजारौ विद्यार्थीहरु यस्तो समस्यामा परेका छन् |

सामान्यतया, हामीले सरकारलाई नयाँ इन्जीनियरहरुलाई रोजगार दिलाउन असफल भएको भनि आरोप लगाउने गर्दछौं | हामीलाई थाहा भएको कुरा हो, यो सरकारलाई दोष लगाउने खेल मात्र बनेको छ तर अब हामीले  उत्तर खोज्न तिर लाग्नु पर्दछ |

पेशागत व्यावसायिक जीवन रोज्नु भनेको जीवनकै प्रमुख निर्णय हो, यसमा हामी विस्वस्थ हुनुपर्दछ | अगाडी नै उल्लेख गरे अनुसार जोसंग केहि गर्ने इच्छाशक्ति छ भने आफुले चाहेको क्षेत्रम केही गरेर देखाउन सक्छ | यसको अर्थ, आफुले पढेको विषय अथवा व्यावसायिक क्षेत्र बाहेक पनि आफुलाई मन परेको क्षेत्रमा काम गरेर जीवन निर्वाह गर्न सक्छ | हामीले वेवास्ता गर्न नहुने कुरा के हो भने आफुलाई मन परेको कार्य क्षेत्र रोज्नु भनेको आफ्नो व्यावसायिक जीवन प्राप्तिको लागि चलिने पहिलो र महत्वपूर्ण कदम हो |

संसारमा धेरै मानिसहरु आफुले गरिरहेको व्यावसायिक क्षेत्रमा असन्तुस्ट छन | जागिर भएको कारणले सामाजिक समस्याबाट मुक्त हुन्छ भन्ने जुन समाजमा रहिआएको सोच छ यो अपरिपक्क निष्कर्ष हो | बुद्धिजीवीले सुझाव दिएका छन्, कुनै पनि व्यक्तिमा एक क्षेत्रको १० वर्षको अनुभव पछी मात्र उसले समाजलाई अर्थपूर्ण योगदान पुर्याउन सक्छ | यदी उक्त व्यक्ति व्यावसायिक जीवनबाट असन्तुष्टि छ भने, अथवा आफ्नो व्यक्तित्व संग मेल खाने काम गरेको छैन भने, कहिलै पनि आफ्नो जीवन राम्रो बनाउने काममा सग्लग्न हुन सक्दैन, आफुलाई अरुबाट एक्लो बनाउछ |