आइटीमा नेपाली महिलाहरुको संगलग्नाता

आजको युगमा आइटी (सूचना प्रबिधि) विश्वकै उच्च आय श्रोत भएको र एकदमै छिटो बढ्दो क्रममा रहेको पेशा क्षेत्र मानिन्छ | त्यसै गरेर नेपाली महिलाहरुको लागि पनि सूचना तथा संचार प्रविधि नयाँ अवसरको साथसाथै आकर्षनको विन्दु बनेको छ | यो क्षेत्रमा कार्यरतहरु आर्थिक रुपमा सबल हुने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थरमा पनि आफ्नै घरमा बसेर संचार गर्न सकिने हुदा सामाजिक परिधि बाट अगी बढ्न सहयोग गर्दछ | परिणाम स्वरूप नेपाली महिलामा निर्णय लिन सक्ने क्षमताको अभिबृद्धिमा र राजनीतिक सक्रिएता बढाउन सहयोग गर्दछ |

एक्काईसौं शताब्दिमा आइपुग्दा पनि नेपालमा आइटी विषय भनेको केटाको लागि मात्र हो भन्ने परम्परागत सोच रहदै आएको छ | तर नेपालको प्रेरणादाईक तथ्य भनेको आइटी छेत्रमा अध्ययन गर्ने महिलाको संख्या बिस्तारै बढ्नु हो | यहाँ परम्परागत सोचमा रुमलिएको समाजसंग प्रतिस्पर्दा गर्दै अगी बढेकी छात्राको उदाहरण दिइएको छ |

सि.ई.व ओमेन इन स्टिम को सह सस्थापक बिनिता श्रेष्ठ जी को आँफु आइटी विषय पढ्दाको अनुभब आफ्नै शब्दमा |

घटना अध्धयन: चाहना र अवस्था

केहि वर्ष अगाडि, म कम्प्यूटर साइन्स कक्षामा भर्ना हुदा १५० जना विद्यार्थीमा म मात्र एक छात्रा थिए | के तपाईले कल्पना गर्न सक्नुहुन्छ, मैले त्यो बेला कस्तो महसुस गरेको थिए होला भनेर ? मलाई लाग्थ्यो आइटी पढ्ने  मेरो सपना पुरा हुने छैन, मनमा शंका लाग्थ्यो आइटी मेरो लागि बनेको विषय नै होइन यो विशेष गरि केटाको लागि मात्र हो | मैले मेरो धेरै साथीहरुलाई संगै पढ्न प्रोत्साहन गरे तर उनीहरुले  मानेन् ’cause अरुमा जस्तै उनीहरुमा पनि पुरानै सोच थियो, आइटी विषय केटा को लागि मात्र हो | एक्काईसौं शताब्दिको अवसर भनेको जसले जे काम गरे पनि हुन्छ,पुरुष हरु पनि नर्स र न्यानिज बन्न सक्छन भने कम्प्यूटर क्षेत्र केटाको मात्र हो भन्ने गलत सोचमा रुमलिएका छौ |

नेपालमा धेरै जसो महिलाहरुको आइटी पढ्ने चाहना हुदा हुदै पनि पुरानो सोचको कारण पढ्न सकेका छैनन् | तर पनि बिनिताको चाहनालाई यो समस्याले कुनै असर गर्न सकेन |

प्राय गरेर केटीहरु कम्प्यूटर तथा आइटी सम्बन्धि भन्दा पनि बिरामी तथा बालबालिकाहरु हेरचाह गर्ने, घरायसी तथा नर्सीग, व्युटिसिएन र सहयोगी जस्ता कामहरु रोज्दछ्न् | ’cause आइटी विषयमा पुरुषहरुनै हाबी भएको पाइन्छ | जति पनि आइटीमा पुरुषहरुले डिजाइन गरेएका सेवा र सुविधाहरु छन त्यो आफ्नो आवश्यता अनुसार नै बनाएका छन |  दुर्भाग्यवस महिलाहरुले आफुलाई अति आबश्यक पर्ने चिजहरु पनि पुरुषहरुको छनोटको आधारमा सन्तोष गर्नु परेको छ | उदाहरणको लागि नयाँ भान्छाको समस्याहरु समाधान गर्नु पर्यो भने पुरुषले भन्दा महिलाले सजिलै समाधान गर्न सक्छन ’cause पुरुषले भन्दा महिलाले भान्सामा बढी समय विताएका हुन्छन् |

महिलाहरुलाई आइटी विषयमा सहभागि हुन प्रोत्साहन गराउनु आजको आबश्यकता हो | आइटी बाट महिलाहरुले आफ्नो क्षमताको प्रयोग गर्न सक्दछन् |  त्यसैले महिलाहरुलाई प्रबिधि तिर अगाडी बढाउनु  राम्रो परामर्शदाता, आइटी सम्बन्धि विभिन्न कार्यशाला गोष्ठीहरु, सम्मेलनहरु मा सहभागिता बडाउनु पर्दछ र उनीहरुको प्राकृतिक ज्ञानलाई प्रयोग गर्ने मौका दिनुपर्दछ |

त्यस्तै गरेर यदि आइटी सम्बन्धि काम गर्न तपाइको चाहना छ भने उच्च शिक्षाको आबश्यकता पर्दैन | पढाईलाई निरन्तरता दिन नासकेकहरुले पनि सिटिइभिटि बाट प्रशिक्षण लिन सक्दछन | त्यस्तैगरेर गैर सरकारी सस्था डब्लु.एल.आइ.टि र वमेन इन स्टिमले आइटीमा महिला विद्यार्थीको संख्यालाई वृद्धि गर्न विभिन्न नि:शुल्क प्रशिक्षण कार्यक्रम तथा तालिम प्रधान गर्दछन् |