एसएलसी छैन चिन्ता छैन

यो संदेश ’emको लागि हो जो एसएलसीमा अनुतिर्ण हुनु भनेको व्यावसायिक जीवन को अन्त्य ठान्दछन् |

यदी तपाई भर्खरैमात्र एसएलसीमा अनुतिर्ण हुनुभएको छ भने पुन-परिक्षा दिनुहोस !

तथ्यांकिए विवरण अनुसार एसएलसीमा पुन-परिक्षा दिदा सफलता प्राप्त गर्ने सम्भावना दुई गुनाले बढ्दछ | एसएलसी पास गरेपछि धेरै विषयहरु रोज्न पाउनुको साथसाथै पेशागत अबसरहरु पनि धेरै हुन्छन् | एक चोटी अनुतिर्ण भएपछी पुन-परिक्षा नदिई एसएलसी बाट, समाजबाट र आफूबाट लुक्न खोज्नु भयो भने यसले तपाईको जीवन झन् कठिन र चुनौतिपूर्ण बनाउछ | घर, स्कुलबाट एसएलसीमा अनुतिर्ण हुनु भनेको अरुभन्दा भिन्न तथा अपमानित हुनु हो, तर एक चोटी सोच्नुहोस त ! यदी तपाईले एक कदम उठाउनु भयो भने! एसएलसीमा उतिर्ण भएर भन्दा पनि एसएलसीमा अनुतिर्ण हुदा पाँच पटक बढी कामको ढोकाहरु  खुल्ला भएको हुन्छ |

धेरै जसो युवाहरुले पढाईको क्षेत्रको लागि आफु नबनेको भन्ने सोच्दछन | एसएलसीमा पुन-परिक्षा दिदा पनि सोचेको जस्तो परिणाम आएन भने सायद तपाई शैक्षिक क्षेत्र को लागि नबनेको हुन सक्छ | बधाई छ तपाइहरुलाई, एकचोटी फेरी सोच्नुहोस जसले १०० ओटा ढोकामा एउटा ढोका बन्द हुदा अरु ९९ ढोकाहरु पनि बन्द देख्नुहुन्छ |

नेपालमा व्यक्तित्व विकासको लागि एसएलसीको सर्टिफिकेटलाई बढी मान्यता दिइएको पाइन्छ तर नेपालको थुप्रै ठाउँमा एसएलसीको सर्टिफिकेट विना पनि धेरैले नाम कमाएका छन् | त्यस मध्ये  ज्वलन्त उदाहरणको रुपमा ‘राम लक्ष्मी’ लाई लिन सकिन्छ |

हालसालै विवाहित महिला, सुर्यविनायक मा बस्दै  आइरह्नुभयको छ | एसएलसी मा अनुतिर्ण लक्ष्मी को आफ्नै ‘श्री नवरस हर्बल उद्योग’  नाम गरेको कम्पनी छ | यो उद्योगले नेपालमा पाइने जडीबुटीहरुको प्रयोग गरेको छ | हाम्रो देशमा विभिन्न किसीमका वनस्पतिहरु छन जसलाई दिगो रुपमा प्रयोग गर्यो भने यो क्षेत्रमा सफल बनिने सम्भावना छ |  उनि बताउछिन उनले उद्योग सुरु गरेको २ वर्ष भित्रनै सुरुको लगानी मा १० गुना वृद्धि गरिसकेकि छिन् |